कति छन् आईपीएलमा युवा खेलाडी ?
सन्दीप लामिछाने आईपीएल २०१८ का लागि दिल्ली डेयरडेभिल्समा छनोट भएपछि यसले नेपालमा राम्रो चर्चा बटुल्यो। छिमेकी भूमिमा यो बृहत् व्यावसायिक खेलस्पर्धा ११औं संस्करणसम्म आइपुग्दा नेपाली खेलाडीका लागि उपस्थिति हम्मे परेको थियो। अहिलेको सिंगो नेपाली क्रिकेट फ्यानको ध्यान दिल्ली डेयरडेभिल्सको प्रदर्शनतर्फ त केन्द्रित छ नै, सँगसँगै सन्दीपले कति खेल्न पाउने र अधिकतम उपलब्धि के हुने भन्नेसम्मको चासो नेपाली समर्थकमा स्वाभाविक रूपमा छ।
आईपीएलअन्तर्गत सबै आठ टोलीले छैटौं चरणको खेल खेलिसकेका छन्। यसबीचमा अबको अझै एक महिना हुने आरोह अवरोहको अनुमान गर्ने आधार केही हदसम्म देखिएका छन्। सर्वाधिक व्यावसायिक स्वरूप लिएको आईपीएलमा टोलीले पाउने पुरस्कार मात्र होइन, व्यक्तिगत पुरस्कारको पनि त्यत्तिकै महत्व छ। पहिलो पटक आईपीएलमा अनुबन्ध भएका सन्दीपका लागि कुनै खेलको म्यान अफ दी म्याच या इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको सम्भावनाबाहेक अन्य व्यक्तिगत पुरस्कारको सम्भावना निकै कम छ।
लेगस्पिन गुग्लीका कारण यतिखेर क्रिकेटको दुनियाँमा आफ्नो भिन्न छाप छाडेका सन्दीपका लागि यो नयाँ अवसर र चुनौती दुवै हो। यस पटक आईपीएलमा २३ वर्ष पूरा नभएका सन्दीपसहित कुल ३४ खेलाडी छन्। तर यीमध्ये पनि १८ वर्ष पूरा नभएका एकाध खेलाडीमध्ये सन्दीप पनि एक हुन्। गत डिभिजन टु क्रिकेटमा गरेको प्रदर्शनपछि त झनै उनी संसारका धेरै क्रिकेट पण्डितको आखाँमा परेका छन्।
अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको आँखामा समेत परेका सन्दीपसमेत अन्य केही प्रतिभाशाली युवा खेलाडीको यहाँ चर्चा गरिएको छ जो, २३ वर्ष पनि पूरा भएका छैनन्। यीमध्ये कोही यस्ता खेलाडी पनि छन्, जसले विश्व क्रिकेटमा आफ्नो गतिलो छाप छोडिसकेका छन्।
केरलाका फास्ट बलर केएम आसिफ अहिले चेन्नाई सुपर किङ्समा आबद्ध छन्। घरेलु क्रिकेटमा गत जनवरीमा दुई टीट्वेन्टीमा पाँच विकेट लिएपछि उनी अहिले धेरै भारतीयका लागि चासोको पात्र बनेका छन्। उनको फास्ट बलिङले चेन्नाईलाई ठूलो मद्दत गर्ने अनुमान पनि गरिएको छ। उनीसहित चेन्नाईको टोलीमा महेन्द्रसिंह धोनीकै आँखामा परेका जगदेशन नारायनन पनि टोलीमा छन्। तर, विकेटकिपर ब्याट्सम्यान उनले धोनी उपलब्ध नभएको खेलमा मात्र अवसर पाउनेछन्। बंगालका लागि विजय हरारे ट्रफी खेलेका मिडियम फास्ट बलर कनिष्क सेठ पनि यसै टोलीमा छन्।
गत सिजन गुजरात लायन्सबाट खेलेका ईशान किसान अहिले मुम्बई इन्डिन्सका पहिलो रोजाइका विकेटकिपर हुन्। १९ वर्षीय यी खेलाडीले पछिल्ला दुई सिजनमा कुल ३१९ रन प्रहार गरेका थिए। त्यसो त सइद मुस्ताका अल ट्रफीमा झारखण्डका लागि उनले चार पारीमा गरेर कुल १११ रन मात्र प्रहार गरे पनि मुम्बईले उनलाई विश्वास गरेको हो।
गत आईपीएलमा पुनेका लागि खेलेका स्पिनर राहुल चाहरका लागि मुम्बई इन्डियन्सले एक करोड ९० लाख तिरेको हो। १८ वर्षीय उनले आईपीएल अघि सात टी २० खेलमा आठ विकेट लिएका थिए भने इकोनमी ६.९५ रहेको थियो। बायाँहाते ब्याट्सम्यान मोसिन खान र पन्जाबका लागि विजय हरारे ट्रफी खेलेका मायन्का मर्कान्डे, झारखण्डका अलराउन्डर अनुस्कु रोय र मुस्ताफीजुर रहमान यस टोलीमा रहेका अन्य युवा खेलाडी हुन्।
दिल्लीमा सन्दीपसँगै अन्य युथ खेलाडी ऋषव पन्त र कासिगो रबाडा पनि छन्। दिल्लीकै १७ वर्षे स्पिनर अभिषेक शर्मा दिल्लीका अर्का हेर्न लायक युवा हुन्।
बारबाडोसका फास्ट बलर जोफ्रा आर्चरले सन् २०१३ को यू–१९ विश्वकपमा ११ खेलमा १५ विकेट लिएका थिए। २२ वर्षीय उनी अहिले आईपीएलमा राजस्थान रोयल्समा रहेका छन्। फिल्डिङमा अत्यन्त राम्रा मानिएका उनी तल्लो क्रममा ब्याटिङमा समेत उपयुक्त हुन सक्ने जनाइन्छ। अन्य लिगमा समेत प्रभाव जमाइसकेका उनका लागि राजस्थानले सात करोड २० लाखको महँगो रकम खर्चेको हो।
यस सिजन हवार्ट हरिकनसबाटै विगवास लिग खेल्दै पाँच सयभन्दा बढी रन प्रहार गरेका डी आर्की सर्ट राजस्थान रोयल्समा आबद्ध छन्। उनलाई पनि प्रतिभाशाली युवा खेलाडीको रूपमा हेरिएको छ। यसै टोलीमा आर्यमान बिरला, महिपाल लामोर, सुदेश मिथुन र जाहिर खान अन्य युवा खेलाडीको रूपमा रहेका छन्। अस्ट्रेलियाका फास्ट बलर बिल्ली स्टानलेक अहिले सनराइजर्स हैदराबादमा छन्। बाउन्सरका लागि राम्रो मानिएका उनी ५० लाखमा अनुबन्ध भएका हुन्।
रोयल च्यालेन्जर बंगलोरका वासिगिन्टन सुन्दर भने यस वर्षको आईपीएलमा इमर्जिङ प्लेयरका सबैभन्दा बलियो दाबेदार मानिएका छन्। सुन्दरले गत सिजन पुनेबाट खेल्दै ११ खेलमा आठ विकेट लिएका थिए। उनको इकोनोमी ६.६ मात्र रहेको थियो। तामिलनाडु प्रिमियर लिगमा टीयुटीआई पेट्रोयट्सका लागि खेलेका उनी सबैभन्दा धेरै विकेट लिने खेलाडी हुनुका साथै दोस्रो धेरै रन बनाउने खेलाडी पनि बनेका थिए।
ब्याटिङमा ओपनरकै रूपमा पनि उत्रन सक्ने यी स्पिनरका लागि बंगलोरले तीन करोड २० लाख खर्चेको हो। सन् २०१५ मा रोयल च्यालेन्जर बैंगलोरमा आबद्ध हँदै इतिहासमै कम उमेरको आईपीएल खेलाडीको कीर्तिमान कायम गरेका सरफराज खान अहिले पनि बंगलोरमा छन्। खान सन् २०१६ को यू–१९ विश्वकपमा छाएका ब्याट्सम्यान हुन्।
पछिल्लो यू–१९ विश्वकप क्रिकेटका म्यान अफ दी टुर्नामेन्ट भएका शुभमन गिल अहिले एक करोड ८० लाख करोडमा कोलकाता नाइटराइडर्समा आबद्ध भएका हुन्। कोलकातामै युथ विश्वकप विजयी टोलीका सदस्य शिवम मभी र कमलेस नगरकोटी पनि छन्। पेस बलर र स्पिनरको खाँचो नभएको कोलकातामा रोविन उथ्थपा र दिनेश कात्तिकभन्दा बाहेक अनुभवी भारतीय ब्याट्सम्यानको अभाव छ। त्यसैले, गीलले धेरै मौका पाउने अपेक्षा गरिएको छ।
कोलकाता नाइटराइडर्समा रहेका कमलेश नगरकोटी फास्ट बलर हुन्। टोलीका फास्टेस्ट बलर रहेका नगरकोटीले कोलकाताको टोलीमा समेत सुरुवाती बलिङ गर्दा अन्य ब्याट्सम्यानलाई अप्ठेरो पार्न सक्ने अपेक्षा धेरैको छ। माइकल स्टार्क र मिचेल जोन्सनसँग टोलीमा रहँदा उनले धेरै सिक्ने अवसर पनि पाउनेछन्। यसै सिजन पन्जाबबाट कोलकातामा आबद्ध उत्तर प्रदेशका रिक्कु सिंहले सुरुवातदेखि नै अवसर पाए पनि कुनै प्रभाव देखाउन सकेनन्। सन् २०१५ मै इङ्गल्यान्डका युथ क्रिकेटर अफ द इयर घोषित टम कुरान अहिले इङ्लिस टोलीमा तीनै फम्र्याटको टोलीमा छन्।
सबैभन्दा युवा टोली दिल्लीमै २३ वर्षमुनिका सात खेलाडी रहेको दिल्लीमा धेरै एकसे एक खेलाडी छन्। यिनैमध्येका पृथ्वी शले घरेलु क्रिकेटमा गरेको प्रदर्शनको आधारमा भविष्यको सचिन तेन्दुलकरको उपमा पनि पाउन थालिसकेका छन्। धेरै रन प्रहार गर्न सक्ने खुबीकै कारण दिल्लीले उनको लागि एक करोड २० लाख खर्चेको हो।
दिल्लीमा सन्दीपसँगै अन्य युथ खेलाडी ऋषव पन्त र कासिगो रबाडा पनि छन्। रबाडाले दक्षिण अफ्रिकीका लागि धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। साथै पन्तले भारतका लागि धेरै खेल खेलेका कारण यो अवार्ड पाउन भने सक्ने छैनन्।
दिल्लीकै १७ वर्षे स्पिनर अभिषेक शर्मा दिल्लीका अर्का हेर्न लायक युवा हुन्। अमृतसरका यी खेलाडी पन्जाबमा लागि फस्ट क्लास क्रिकेट खेल्छन्। २१ वर्षे खानको पछिल्लो सिजनमा रोयल च्यालेन्जर्स बंगलोरबाट आईपीएल खेलेको छोटो अनुभव छ। मिडियम पेस बलर यसै सिजन दिल्लीमा आबद्ध भएका हुन्। भारतको युथ विश्वकप विजयी टोलीका सदस्य मञ्जित कलरा पनि दिल्लीमै छन्।
सन् २०१६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव देखाउन लुंगी एनगीडी अहिले दक्षिण अफ्रिकी टोलीमा समेत प्रभावकारी खेलाडीको रूपमा छन्। यस सिजनको आईपीएलमा चेन्नाईको टिममा रहेका एनगिडीले पहिलो खेल भने खेलेनन्। मोर्ने मोर्कालको प्रतिस्थापनको रूपमा दक्षिण अफ्रिकी टेस्ट टोलीमा आबद्ध भएका उनले भारतसँगको टेस्ट शृंखला दक्षिण अफ्रिकालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भारतसँगको एउटै इनिङमा ६ विकेट लिएका थिए।
किङ्स ११ पन्जाबमा रहेका मायन्क डागर पनि युथ विश्वकप विजयी भारतीय टोलीका सदस्य हुन्। सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा पाँच विकेटको कीर्तिमान कायम गरेका अफगानिस्तानका मुजीबुर रहमान पनि यसै टोलीमा छन्। तथापि यथेष्ट अन्तर्राष्ट्रिय खेल खेलिसकेका कारण उनले इमर्जिङ प्लेयरको अवार्ड पाउने छैनन्।
सनराइजर्स हैदराबादमा ब्याट्सम्यान तन्मय अग्रवाल, बायाँहाते मिडियम पेस बलर खालेल अहमद, ब्याट्सम्यान रिक्की भुइ, दीपक होड्डा र रसिद खान पनि छन्। खानले अफगानिस्तानबाट यथेष्ट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। कुल ३४ युवा खेलाडीमध्ये सुन्दर, एनगीडी, पृथ्वी श, स्टानलेक, जोफ्रा आर्चर, नगरकोटी, इसान किसन, एनगीडी, राहुल चाहर र भशुभमन गीलाई इमर्जिङ प्लेयरको मुख्य दाबेदार मानिएको छ।