क्याटवाक गर्दै कलाकार र मोडल

क्याटवाक गर्दै कलाकार र मोडल

काठमाडौं : ‘ट्रेसमी दलजित सुदान रन वे–२०१८’मा कलाकार र मोडेलले एउटै र्‍याम्पमा क्याट वाक गर्ने भएका छन्। नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको फेसन सोमार्फत नेपाली कपडाको प्रवर्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउने उद्देश्य रखिएको आयोजकले जनाएको छ।

सोल्टी क्राउन प्लाजामा २५ मेमा फेसन सो हुने व्यवस्थापक संस्थाका प्रमुख रवि धमलाले बताए। व्यावसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषमाझ डिजाइनर ‘दलजित सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका फेसनका डिजाइन सोमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

र्‍याम्पमा प्रस्तुत हुने मोडल अडिसनमार्फत छानिएको छ। एक सय ५० भन्दा बढी महिला तथा पुरुष मोडल सहभागी अडिसनबाट १० महिला र १८ पुरुष मोडल छानिएका छन्। छानिएका मोडलसँगै ६ जना टप सेलिब्रेटीसमेत र्‍याम्पमा उत्रिनेछन्। दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्ललगायत अडिसन राउन्डका निर्णायक थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.