समृद्ध नारीवादको खोजी
किताब पढ्न चाहेकामा म आफैंसँग क्रोधित थिएँ। केटीहरू पढ्दैनथे। म कसरी पढ्न सक्थेँ ? खासमा, कसैले पनि शिक्षकबिना सिक्न सक्तैन। त्यसमाथि, म त झन् एउटी महिला थिएँ, विवाहित महिला, जसलाई अरू कसैसँग बोल्ने अनुमति दिइएको थिएन। यदि कसैले मलाई दुई कठोर वचन भनिदियो भने, म लज्जाले मर्थें हुँला। यही डरका कारणले म कहिल्यै कसैसँग बोलिनँ। मेरो एकमात्र आशा भगवान् हुनुहुन्थ्यो र मेरो निरन्तर प्रार्थना हुन्थ्यो, ‘हे भगवान् ! तपाईंले सिकाउनुभयो भने मात्र म पढ्न र लेख्न सिक्न सक्छु। अरू को हुन्छ होला र मेरो गुरु ? ’
- रस्सुन्दरी देवी, अमर जीवन
म एक नारीवादी विद्वान् नभए तापनि, मलाई नारीवादी प्रतिरोधको महत्व र गहनता तथा निष्पक्ष समाजका लागि गरिएको संघर्ष राम्रोसँग बुझ्न गाह्रो छैन। नारीवादका थुप्रै धारा र यिनले उत्पन्न गरेको विद्वता अलि जटिल र सूक्ष्मभेदयुक्त भए तापनि, यसमा म सम्बन्धको धागो अझै पनि महसुस गर्छु, हामी सबैको साझा चिन्ता नै संवेदनशील समाजको सिर्जना गर्नका लागि एकजुट भएर लाग्नु हो।
यसबारे विचार गर्दा एउटा प्रश्नले मलाई सताउँछ, ‘के नारीवादलाई एक सामाजिक-राजनीतिक क्रान्तिकारी संघर्षका साथसाथै आध्यात्मिक अन्वेषण दुवैका रूपमा अनुभव गर्न सकिन्छ ? मलाई थाहा छ, विशेषगरी आधुनिकताको धर्मनिरपेक्ष र वैज्ञानिक बहस र सम्बद्ध राजनीतिक आन्दोलनहरूबाट प्रभावित हुनेहरूले नारीवादी बहसमा आध्यात्मिक कोण देख्न अस्वीकार गरेता पनि, मचाहिँ आध्यात्मिक रूपमा समृद्ध नारीवादसँगै रहन मन पराउँछु।
- कलरफुल पेट्रिआर्की एन्ड आइरोनी अफ मास्कुलिन पावर
तिमी उनको जुत्तासमेत चाट्न तयार भएर एकदमै आक्रामक र धृष्ट तरिकाले उनको विश्वास जित्छौ। हो, तिम्रो मायाले कुनै सीमा जान्दैन तर कहिलेसम्म ? जबसम्म तिम्रो वासना तृप्त हुँदैन। तिम्रो इच्छापूर्ति भएर उनी गर्भवती भइसकेपछि, सबै चिन्ता र पीडाजति उनको काँधमा छाडेर तिमी बिच्छीजस्तै आफ्नो अनुहार ढुंगा पछाडि लुकाउँछौ। आफ्नो आत्मामा बसेको बोझले जब ती हरिणझैं निर्दोष, अपमानित महिलालाई मृत अवस्थामा पुग्नेगरी थिच्छ, उनी त्यस दुष्ट मानिस, भेष बदलेको जनावरसँग सहाराको भिख माग्छिन्, त्यो मानिस उनलाई यति उदासीनताका साथ उत्तर दिन्छ कि मानौं यो कुरा उसको चिन्ताको विषय नै होइन, ‘यसमा म के गरुँ ? तैंले पाप गरेकी होस् र अब कष्ट पनि तैंले भोग्नुपर्छ।’
- ताराबाई शिन्दे, स्त्री-पुरूष तुलना
‘नारीवाद प्रभुत्वको सिद्धान्त र अभ्यास, वस्तुकरण (अब्जेक्टिफिकेसन) र आत्म-नियन्त्रणविरmद्ध निरन्तर संघर्ष हो।’ जुनसुकै विचारधारा पछ्याए पनि यो तथ्यमा सहमत हुने नारीवादीहरू विरलै होलान्। र भनिरहन आवश्यक छैन, पितृसत्ता भौतिक साथै सांस्कृतिक संशाधनको विषम वितरणमा आधारित अन्तर्निहित झुर÷उग्र प्रणाली र पुलिंगीयविरुद्ध स्त्रीलिंगीयको पितृसत्तात्मक द्वैधताले यी तीन खराब अभ्यासलाई अहिलेसम्म जोगाइराखेको छ।
हो, आक्रात्मकता र पितृसत्तात्मक प्रणालीमा पुरुषत्वको विशेषाधिकारले गर्दा नै पुरुषहरूलाई महिलाको जीवनमा लगभग पूर्ण तरिकाले नियन्त्रण गर्ने अवसर दिन्छ। त्यसैगरी यसको यौनिक राजनीति पनि महिलालाई वासनात्मक आकांक्षा, विजय र स्वामित्वको प्रतीकको रूपमा वस्तुकरण गर्नमा केन्द्रित छ। त्यतिमात्र होइन। जब एउटी महिलालाई भूमिकामा बाँधिन्छ, उनलाई सद्गुणको रक्षक बनाइन्छ, (विवेकानन्दले व्यक्त गरेजस्तै ‘सबै कष्ट सहने, सदा क्षमाशील आमा) अथवा नर्वेजियन नाटककार हेनरिक इब्सेनले ‘डल्स हाउस’मा वर्णन गरेभैmं एउटा सुधो वस्तुमा सीमित पारिन्छ, यसले आत्म-वास्तविकरणलाई करिब असम्भव बनाउँदै उच्च तहको विरक्तितर्फ डोर्याउँछ।
यसको सट्टा, महिलाहरू समाजले लगाएको र सांस्कृतिक रूपले निर्माण गरिएको पहिचानको बोझसहित, आत्म-नियन्त्रणसँग बाँच्न बाध्य हुँदा उनीहरूलाई आपूmले आपूmलाई महसुस गर्न र आफ्नो भित्री आवाज सुन्न एकदमै कठिन हुँदै गएको छ। एक क्रूर प्रणालीले पीडितलाई अपमानित गर्छ र पीडक वा विजेतालाई बर्बर बनाउँछ, जसले फ्रायडको ‘पिनस इन्भी’सहित फ्रेन्च लेखक सिमोन दि बुआको ‘द सेकेन्ड सेक्स’ निर्माण गर्छ वा मनुस्मृतिको ‘दैहिक कामना, अशुद्ध कामना’ भएकी महिलालाई आफ्नो पतिबाट ‘बाँसको भाटा’ले कुट्न लगाउँछ।
तिमी उनको जुत्तासमेत चाट्न तयार भएर एकदमै आक्रामक र धृष्ट तरिकाले उनको विश्वास जित्छौ। हो, तिम्रो मायाले कुनै सीमा जान्दैन तर कहिलेसम्म ? जबसम्म तिम्रो वासना तृप्त हुँदैन।
विडम्बना त के छ भने यसले पुरूषलाई नैतिक÷कलात्मक÷आध्यात्मिक हिसाबले निरस तर पनि ‘शक्तिशाली’ बनाउँछ, स्विस मनोविश्लेषक कार्ल यङ्ले ‘एनिमा’का रूपमा व्याख्या गरेको अनुभव गर्न पूर्ण अक्षम:सुप्त नारीत्वको पुनःआविष्कार गर्न, प्रियका आँखामा शाश्वतता देख्न र त्यहाँबाट शून्यमा झर्न, घन्टौं बाँसुरी बजाएका कृष्णजस्तो उभयलिंगी बन्न र सांसारिक दिनचर्यामा कला महसुस गर्न।
पितृसत्ता कसरी बाँचिरहेको छ ? एक सामान्य उत्तर हामीलाई भन्छ, धर्म-केन्द्रित÷पारम्पारिक÷सामन्ती समाजले बारम्बार पितृसत्तात्मक संरचनालाई कायम राखेको छ; यसैकारण नारीवादलाई आधुनिकताको वाचा, वैयक्तिकरणका लागि यसको मुक्ति अन्वेषण, स्वतन्त्रता, समानता र भ्रातृत्वका रूपमा हेरिन्छ। यद्यपि, म अर्को पनि प्रश्न गर्न चाहन्छु:के विज्ञानवाद, पुँजीवाद र उपभोक्तावादसहितको आधुनिकताले पितृसत्तासँग सम्बन्ध राख्छ ? वास्तवमा आधुनिकताका यी तीन अभ्यासले पितृसत्ता उन्मूलन गरेका छैनन्; त्यसको साटो पितृसत्ता अझ आलंकारिक, चम्किलो र मायावी भएको छ।
हो, विज्ञानवाद प्रभुत्व र नियन्त्रणको सिद्धान्तमा आधारित छ; यसको अन्तर्निहित साधनताले द्वैतवादको हिंसा गर्छ:मन र शरीर, युक्ति र भावना, विषय र वस्तु, मूल्य-तटस्थता र आत्म-स्वतुल्यता तथा विज्ञान र प्रकृति। यस वर्गीकरणले पितृसत्तात्मक हिंसालाई अझ सुदृढ पारेको छ, प्राविधिक-वैज्ञानिक प्रगतिको पौरुष विचारधाराले (‘ज्ञान नै शक्ति हो’ भन्ने वेकनियन सिद्धान्तले, अथवा अमूर्त शुद्ध तर्कको कार्टेसियन अवधारणले र शाश्वत पौरुष हस्तक्षेपको वस्तुका रूपमा निरुत्साहित प्रकृतिले धानेको) सुसन हिकमेन जस्ताले चारित्रीकरण गर्न खोजेको ‘स्याहार र सम्बन्ध’को स्त्रीयोचित उत्साहलाई अवमूल्यन गरेको छ।
त्यसैगरी पुँजीवादले, उसको आफ्नै तर्कले हामीलाई वस्तुमा परिवर्तन गर्छ; माक्र्सले गहिरो अन्तदृष्टिले भनेका थिए, ‘वस्तु आशक्ति’ले मानव सम्बन्धको सिमेट्री र हाम्रो आत्मा दुवैको हत्या गर्छ। पुँजीवाद र पितृसत्ता एकैसाथ चल्ने हुनाले प्राय:यसले पुरmष महिलाको सम्बन्धलाई विकृत बनाइदिन्छ। यसको अभिव्यञ्जना उपभोक्तवादको सम्प्रदायमा देख्न सकिन्छ, जसले, एरिक फ्रमले उत्कृष्ट ढंगले तर्क गरेभैmं यसले ‘अस्तित्वको स्वामित्व रूप’लाई प्रवद्र्धन गर्छ; जेलाई पनि तत्कालको सन्तुष्टिका लागि स्वामित्वमा लिइनुपर्छ, उपभोग गरिनुपर्छ र प्रयोग गरिनुपर्छ।
संकेत र कोड गरिएका सन्देशहरूका आम प्रसारका नयाँ प्रविधिहरूमार्फत पोर्नोग्राफिक संस्कृतिको लोक-प्रचारले, महिलालाई केवल बाहिरी सौन्दर्यमा खुम्च्याउन चाहने ‘सौन्दर्य उद्योग’को सामान्यीकरणले र कार, सेभिङ क्रिमको प्याकेज, वाइनका बोतलजस्ता बिक्रीजन्य सामानको प्रवद्र्धनमा यौनिक बिम्बको न्युरोटिक सनकले :यो सांस्कृतिक परिदृश्यले कुनै पनि मुक्ति चेतनाको आगमनको सन्देश पटक्कै दिँदैन। नयाँ अर्थ व्यवस्थाले महिलाको एक समूहलाई ‘प्रजनन’ र ‘स्याहार’को घरेलु परिधिबाट बाहिर निस्केर कामको सार्वजनिक परिधिमा प्रवेश गर्न सक्षम बनाएको छ भन्ने कुरा कोही पनि नकार्न सक्दैन; आर्थिक स्वतन्त्रताको सम्भावनाले महिलालाई परम्परागत पितृसत्ताले लादेका थुप्रै बाधा छिचोल्न सक्षम बनाएको छ। आपूmले आपूmलाई आ िश्रत ‘गृहिणी’ भन्दा पनि आर्थिक रूपमा स्वतन्त्र ‘वर्किङ वुमन’ को रूपमा हेर्न सिकाएको छ।
तथापि हामीले बिर्सनु हुँदैन, यो नयाँ पितृसत्ताले दमनको नयाँ स्रोत सिर्जना गरेको छ (कार्यस्थलमा हुने यौन हिंसा, महिलालाई ‘राम्रो’, ‘आकर्षक’, ‘ग्लामरस’ देखिने निरन्तर दबाब र सबैभन्दा बढी, यौनलाई प्रेमबाट छुट्याउने र मानसिक हिंसालाई प्रवद्र्धन गर्ने), जसलाई हर्बट माक्र्युजले जीवनलाई निरन्तरता दिने महिला-पुरुषको सम्बन्धको मार्गमा बाधा उत्पन्न गर्ने ‘दमनात्मक निरुदात्तीकरण’ भनेका छन्, तरल आधुनिकताका क्षणभंगुर सम्बन्धमा आनन्द भनेकै दिग्दारी वा नीरसताबाट मुक्ति पाउनु हो।
नारीवादी प्रश्न :शक्तिको प्रेम कि प्रेमको शक्ति ?
प्रेमको माध्यमले मृत मानिस जीवित हुन्छ।
प्रेमकै माध्यमले राजा दास हुन्छ।
- जलालुद्दीन रुमी
हामीलाई थाहा छ, नारीवादको आलोचनात्मक आवाजले नयाँ र पुराना दुवै पितृसत्ताका अभ्यासलाई नष्ट गरिदिन्छ। यसले अहिलेको समयमा प्रचलित थुप्रै विरोधाभास हेर्न हाम्रो आँखा खोलिदिन्छ। जस्तै, माता देवीको उत्सवको बीचमा महिला शिशुहत्या, आकर्षक विवाहउत्सवका बीचमा घरेलु हिंसा, उपभोक्तावादको चमकका बीचमा दाइजोको दरमा वृद्धि, पुरुष र महिलाले गर्ने एउटै कामका लागि अलगअलग पारि श्रमिक र हनी सिंहको किसिमको लोकप्रिय संस्कृतिका माध्यमबाट महिलाको छविलाई निरन्तर ‘खान-योग्यवस्तु’ को रूपमा निरन्तर उत्पादन गरिनु। हो, एउटा आन्दोलन र जीवन मथ्ने आलोचनात्मक शिक्षाका रूपमा यसले महिलालाई पितृसत्ताको जालबाट बाहिर निस्कन र आपूmलाई मानव सम्भावनाको रूपमा पुनःआविष्कार गर्न अत्यधिक आत्मविश्वास दिन्छ।
अधिकारको बहसदेखि लिएर सामाजिक रूपमा निर्मित लैंगिक आदर्शलाई खण्डन गर्नु, लतामनिको उपनिवेशीय भारतमा सतीको बहसमा सूक्ष्म भेदयुक्त चिन्तनदेखि लिएर उमा चक्रवर्तीको वैदिक दासीलाई के भयो भन्ने सम्बन्धी अनुसन्धान, वीणा मजुमदारको सारगर्भित रिपोर्ट, टुवार्ड्स इगुवालिटीदेखि लिएर निर्भया सामूहिक बलात्कार काण्डमा केन्द्रित भएको आन्दोलनसम्म, समावेशी पब्लिक वृत्तको बढ्दो मागदेखि लिएर आफ्नो शरीर र लैंगिकताप्रति आफ्नो अधिकारको दाबी अथवा शुलामिन्थ फायरस्टोनका शब्द सापटी लिनुपर्दा, ‘प्रकृतिको राज्य’ मा विजयः- नारीवादले समाज, संस्कृति, राजनीति, यौनिकता र धर्मलाई हामीले हेर्ने दृष्टिकोण बदल्नमा महत्वपूर्ण भूमिका निभाइरहेको छ।
तथापि, के नारीवादलाई समृद्ध बनाउन अरू पनि केही चाहिन्छ ? प्रश्न रहन्छ। यो मोडमा आएर, म मायाको शक्ति र शक्तिको माया बीचको भेद छुट्याउन चाहन्छु। सही हो, यस्तो पदानुक्रमिक र दमनकारी स्थितिमा एउटा क्षण यस्तो आउँछ, जब पीडितले आफ्नो संघर्षको क्रममा शक्ति प्राप्त गर्न खोज्छन् र पीडकलाई उनीहरूको आफ्नै खेलमा पराजित गर्ने कोसिस गर्छन्।
फ्रान्ज फानोनको शब्द सापटी लिँदा, आत्मविश्वास आर्जन गर्न, शून्यताको चिसोपनालाई परास्त गर्न, सीमान्तीकरणको घाउलाई निको पार्न, यसको अद्भुत उपचारात्मक महत्व रहिआएको छ। यो रोकेया शाखावत हुसेनको धेरै कुरा गरिएको कथा ‘सुल्तानाको स्वप्न’जस्तै हो, जसले हामीलाई महिला भूमि (लेडी ल्यान्ड)मा लग्छ, जहाँ पुरुषलाई सामुदायिक वृत्तबाट पर राखिएको हुन्छ र महिलाले नै समाजमा शासन गर्छन्। आश्चर्यजनक रूपमा, लोकप्रिय नारीवादमा ‘हामी पनि गर्न सक्छौं’ भन्ने कुरा सावित गर्ने इच्छा एकदमै तीव्र छ र यसरी नै ‘सफल’ महिला प्राय:एउटै शक्तिको बहसको हिसाबमा परिभाषित हुन्छन् (महिला पुलिस अधिकारी, महिला योद्धा, महिला प्रधानमन्त्री, महिला मुक्केबाज, महिला उद्यमी), त्यो यही हो, जसलाई म शक्तिप्रतिको मायाको रूपमा मान्छु। यसको आफ्नै भूमिका छ र यो सफलताको सुरmवात हो।
तर त्यसो भए, मुक्तिका लागि परिपक्व संघर्षले ‘हामी पनि तिमीहरू जत्तिकै शक्तिशाली छौं’ भन्ने कुरा साबित गर्ने तीव्र इच्छा भन्दा पर्तिर जानुपर्छ; त्यसको साटो यसले आफ्नो उच्चतम चरणमा शक्तिको बहसलाई उल्ट्याउँछ र गान्धीले कल्पना गरेजस्तो पीडकलाई समेत प्रभुत्वको औचित्यबाट मुक्त पार्न खोज्छ। यो केवल प्रेमको शक्तिले सम्भव छ। यहीँ त बस्छ नारीवादमा आध्यात्मिकता।
जबकि शक्तिको प्रेमले चीजहरूलाई उल्ट्याउने कोसिस गरेर द्वैधतालाई कायम राख्न खोज्छ भने, प्रेमको शक्तिले द्वैधतालाई पार गर्छ। यसले एकीकरण गर्छ; यसले पदक्रम, पितृसत्ताका पर्खालहरू, वस्तुकरणको तर्क, जिन्सीकरण र स्वामित्वको हिंसा तोड्छ। यो प्रेम सममितीय भिन्नताबीचमा भएको गहिरो एकात्मकताको आध्यात्मिक अनुभूतिबाट उत्पन्न हुन्छ। यो प्रेम परम शक्ति हो, पारस्परिकता र एकताको शक्ति, परस्पर उन्नतिको शक्ति, जीव-विज्ञान र जीवन-छनोटहरूमा मतभेदको बीच संवादको शक्ति, हरेक कार्यक्षेत्रमा उभयलिंगीको मोहक स्वभाव फैलाउन सक्ने शक्ति, चाहे त्यो गार्डेनिङ होस् वा खाना पकाउने होस्, भौतिकी अभ्यास गर्ने होस् वा प्रधानमन्त्रीका रूपमा गर्ने काम।
हो, नारीवाद आफ्नो उच्चतम चरणमा यस अर्थमा आध्यात्मिक हुन्छ, र त्यसैले इकोलोजिकल र कम्युनिटेरियन पनि। यसले पुरुषलाई नयाँ सुरmवात गर्ने र उनीहरूको दमित मानवतालाई विकसित गर्ने निम्तो दिन्छ। यो एक जागरण बन्छ, जसले हामीलाई उग्र-पुरुषत्वको खोक्रोेपना, टेक्नोत्र्mयाटिक पुँजीवादको क्रुरता, सैन्यवादी राष्ट्रवाद र युद्धको तुच्छता, ‘इरस‘को अवमूल्यन र बजार-प्रेरित स्वतन्त्रताको सतहीपनलाई देखाउँछ :फिल्म स्टारजस्तै पोसाक लगाउने स्वतन्त्रता, निरन्तर आतुर रहने स्वतन्त्रता तथा सम्बन्धहरूलाई पनि किन्ने, खपत गर्ने, प्रयोग गर्ने र डस्टबिनमा फ्याँकिदिने स्वतन्त्रता।
भविष्यको समाजको ‘सेलेब्रेसन‘का लागि पितृसत्तात्मक विभाजनको सट्टा आध्यात्मिक एकतालाई महत्व दिने प्रेमको ताकत नै सबै कुरूपताविरुद्ध प्रतिरोधको अन्तिम स्रोत हो, चाहे त्यो बलात्कार होस् वा ‘अनर किलिङ’।
के यो ‘युटोपिया’ हो ? यसलाई म ‘व्यावहारिक युटोपिया’ भन्छु, किनभने यसको समय आइसकेको छ।
अनुवाद:नेहा शर्मा