प्रतिपक्षको दाबी गर्दै कांग्रेसले गर्‍यो सदनमा अवरोध

प्रतिपक्षको दाबी गर्दै कांग्रेसले गर्‍यो सदनमा अवरोध

जनकपुरधाम: प्रतिपक्षमा दाबी गर्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले सदनको बैठक अवरुद्ध गरेका छन् । शनिबार बसेको प्रदेश सभाको २२ औं बैठक कार्यसूचीमा प्रवेश गर्नु पूर्वनै कांग्रेसका सांसदहरु टेबल ठोक्दै उभिएका थिए । सभामुख सरोज यादवले आफ्नो कुरा राख्न कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई अनुमति दिए ।

यादवले प्रतिपक्षमा कुन दल बस्ने भन्ने विषयमा हालसम्म निर्णय नगरिएको प्रति आपत्ति जनाए । यादवले भने, ‘साढे दुई महिनादेखि सदन चलेको छ । तर, प्रतिपक्षी दलको टुंगो लाग्न सकेको छैन ।’ 

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रतिपक्षको विषयमा टुंगो लगाउने अधिकार सर्वसम्मतिले सभामुखलाई दिइएको थियो । 

‘चैत ११ गते नै बसेको बैठकमा भएको निर्णय अनुसार पाँच दिन भित्र सभामुखले प्रतिपक्षमा कुन दल बस्नेबारे निर्णय गरेर सदनमा जानकारी गराउनुपर्ने थियो’, यादवले भने, ‘तर, निर्णयको एक महिना भन्दा बढि भइसके पनि प्रतिपक्षका विषयमा निश्कर्ष निस्कन नसक्नु निन्दनीय हो ।’ 

यस प्रदेशमा सरकारलाई समर्थन गरिसकेको नेकपा एमालेले पनि सदनमा प्रतिपक्षको दाबप् गरेपछि एकातर्फ समर्थन र अर्कोतर्फ प्रतिपक्ष ताक्ने क्रियाकलाप उचित नरहेको नेता यादवको भनाई थियो । 

बिनाप्रतिपक्ष सरकार सञ्चालन भइरहेकाले यस विषयलाई समयमै टुंगो लगाउन यादवले सभामुखलाई अनुरोध गरे । यस विषयको टुंगो नलागेसम्म सदनको कारवाही अघि बढ्न नदिने भन्दै कांग्रेसका सांसदहरु यथास्थान उभिए । सांसदहरुलाई दुईपटक सम्म बस्न अनुरोध गर्दा पनि नमानेपछि सभामुखले बैठक स्थगित गरे । 

शनिबारको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक सुविधा सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सदनको आगामी बैठक विहीबारसम्मका लागि स्थगित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.