साताको सेयर बजार : कारोबार १५ प्रतिशतले उकालो

साताको सेयर बजार :  कारोबार १५ प्रतिशतले उकालो

काठमाडौं : धितोपत्र बजारमा यस साता  चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता  सेयर खरिद बिक्री भएको हो । 

कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । उक्त बैंकको १९ करोड १५ लाख १० हजार बराबरको सेयर कारोबार भएको स्टकले जनाएको छ । 

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । 

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता विभिन्न १८ कम्पनीको सेयर स्टकमा सूचीकृत भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.