कसैले जनयुद्धको नक्कल नगरे हुन्छ, अब सम्भव छैनः प्रचण्ड

कसैले जनयुद्धको नक्कल नगरे हुन्छ, अब सम्भव छैनः प्रचण्ड

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको नक्कल गरेर केही नहुने बताएका छन् । दाहालले अब देश विकासमा सबै लाग्नुपर्ने उल्लेख गरेका छन् । 

शनिवार अपरान्ह निवास खुमलटारमा सिन्धुपाल्चोकबाट पार्टी प्रवेश गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई स्वागत गर्दै दाहाले यसो भनेका हुन् । 

‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ,’ दाहालले विप्लव तर्फ लक्षित गर्दैै भने, ‘माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको छ, अब सबै गोलद्ध हुनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने पनि उनले बताएका छन् । ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो,’ उनले भने, ‘दुईचार दिन समय लिए पनि एमाले–माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्छ ।’

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको दाहालले स्मरण गरे । ‘त्यतिखेर केही साथीहरुले उपलब्धीलाई पचाउन सकेनन् र उनीहरुलाई बचाउन पनि सकिएन,’ दाहालले भने, ‘पहिलो संविधान सभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर सफल भइएन । हाम्रा विरोधीले माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए ।’

‘माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लावारिस बनाउने खतरा पैदा भएको थियो’, उनले अगाडि भने, ‘अब सबै छरिएर रहेका माओवादीहरु ढिलोचाँडो मूल पार्टीमा फर्कने छन् ।’

उक्त कार्यक्रममा विप्लव समुहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेर अपराधिक क्रियाकलापलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.