विप्लवलाई धक्का: जिल्ला ईन्चार्जसहित २५ जना प्रचण्डतिर

विप्लवलाई धक्का: जिल्ला ईन्चार्जसहित २५ जना प्रचण्डतिर

काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ। नेकपा सिन्धुपाल्चोकका जिल्ला ईन्चार्ज र सेक्रेटरीसहित २५ जना शनिबारदेखि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लवका सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज चिरण तामाङ 'हिमाल' र जिल्ला सेक्रेटरी कमल माझीसहित २५ जना शनिबार पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

उनीहरुले विप्लवले क्रान्तिका कुरा गरेर पार्टीलाई अपराध र ध्वं‌शको बाटोलमा लगेको आरोपसहित विज्ञप्ति पनि निकालेका छन् । 'हामी आवद्ध विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समात्न पुग्यो', उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, 'क्रान्तिको अतृप्त भोकको पछाडि दौडेर गन्तब्यहीन यात्रामा लाग्नु भएका सबै कमरेडहरुलाई समेत समाजवादी राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन आब्हान गर्दछौं ।'

विज्ञप्तिको पूर्ण पाठ 

नेपाल कम्युनिष्ट पार्टी, सिन्धुपाल्चोक

प्रेस विज्ञप्ति

२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी २०१९ सालबाट विभाजित हुन थाल्यो र यसले नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न धारमा विभाजित भयोे । त्यसैक्रममा २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्धको सुरुवात भए पश्चात माओवादी कम्युनिष्टहरु प्रति जनताको व्यापक ध्रुबीकरण सुरु भयो ।

२०६२/०६३ मा अर्को धारको कम्युनिष्ट पार्टी नेकपा एमाले सहित सात राजनीतिक दलसँगको सहकार्यमा जनयुद्ध र जनआन्दोलनको समायोजन गरी नेपालको राजनीतिक क्रान्ति सफलतामा परिणत भयो । तर त्यसलाई संस्थागत गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढाउन नेतृत्व गर्नुपर्ने तत्कालिन एकीकृत नेकपा (माओवादी) विभिन्न धारमा विभाजन हुन थाल्यो ।

त्यसैक्रममा २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा विभाजित भएपछि २०७१ सालमा मोहन वैद्यबाट समेत नेत्र बिक्रम चन्दको नेतृत्वमा पार्टी विभाजन भई नेकपा गठन भयो । हामी त्यही पार्टीमा रहेर विभिन्न संघर्षमा सहभागी भयौं ।

कम्युनिष्ट शक्ति विभाजनको उदेक लाग्दो घटनाक्रम चलिरहेको सन्दर्भमा २०७४ सालको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पूर्व नेकपा (माओवादी केन्द्र) जनयुद्धको धार र नेकपा एमाले शान्तिपूर्ण संघर्षका धारका साथ अगाडि बढिरहेका देशका दुई ठूला मूलधारमा कम्युनिष्ट पार्टीहरु विकसित समृद्ध र समाजवादी राष्ट्र निर्माणको उद्देश्यसहित नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माणको उद्घोषका साथ अगाडि बढे पश्चात कम्युनिष्टको नाममा विभिन्न पार्टी खोलेर बस्नुको औचित्य समाप्त भएको छ ।

अर्कातिर हामी आवद्ध विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समात्न पुग्यो ।

हामी पूर्वाग्रहीयुक्त मानसिकताबाट ग्रसित नेतृत्वको क्रान्तिकारी नाराबाट होइन सुस्पष्ट बिचार र दृष्टिकोणसहित जनयुद्ध र शान्ति प्रक्रियाको समेत सफल नेतृत्व कमरेड प्रचण्डको एउटै कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी नेपाल निर्माण गर्ने महाअभियानमा साथ दिन उपयुक्त ठानी नेकपा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी कमरेड प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने निर्णय गरेका छौं ।

क्रान्तिको अतृप्त भोकको पछाडि दौडेर गन्तब्यहीन यात्रामा लाग्नु भएका सबै कमरेडहरुलाई समेत समाजवादी राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन आब्हान गर्दछौं ।

१५ बैशाख, २०७५


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.