विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा

विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा

ललितपुर : शिक्षा ऐनले १ देखि ८ कक्षामा अध्ययनरत एक विद्यार्थीका लागि एक स्क्वायर मिटर तथा ९ देखि १२ कक्षाका लागि १.२ स्क्वायर मिटर स्थान आवश्यक पर्ने स्पष्ट व्यवस्था गरेको छ। एक स्क्वायर मिटरमा (एक मिटर लम्बाइ र एक मिटर चौडाइ) ठाउँ हुन्छ। यद्यपि, ललितपुरका विद्यालयले यो मापदण्ड पूरा गरी विद्यालय भवन निर्माण गरेका छैनन्। यहाँका विद्यालयले आफ्नो स्वामित्वका जग्गा धमाधम भाडामा लगाएर आर्थिक स्रोत जुटाएका छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थी मैदानमा उभिँदा खुला रूपमा उभिने ठाउँ पुग्नुपर्ने व्यवस्था ऐनमा छ।

पुल्चोकस्थित मदन स्मारक विद्यालयले आफ्नो स्वामित्वको २६ रोपनी ११ आना जग्गामध्ये करिब १४ रोपनी जग्गा लामो समयका लागि भाडामा दिएको छ। प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलका अनुसार १० रोपनी एक आना जग्गा (चार वर्ष निर्माण अवधिसहित) ४४ वर्षका लागि ‘भ्याली कन्स्ट्रक्सन’ ले लिएको छ।

ेप्रधानाध्यापक पौडेलले भने, ‘०६९ मा सहमति भएको हो, निर्माणाधीन समयको प्रतिमहिना प्रतिरोपनी ३५ सय भाडा दिने र निर्माण सकिएपछि प्रतिमहिना तीन लाख २७ हजार भाडा दिने सहमति भएको छ।’ तीन महिनाअघि नै अग्रिम भाडा भुक्तानी गर्नुपर्ने सर्त छ।

त्यस्तै, साढे तीन रोपनी जग्गा ०६४ चैत १७ देखि ‘ललित मण्डप ट्राभल एन्ड टुर्सले २५ वर्षका लागि भाडामा लिएको छ।

सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालनमा रहेको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्या श्रमले पनि विद्यालयको खेलमैदान १२ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लगाएको छ। सडक छेवैको विद्यालयको जग्गा सेल्सबेरी डिपार्टमेन्ट स्टोरको भवन ठडिएपछि विद्यालय साँघुरो बनेको हो। विद्यालयको ३२ रोपनी जग्गा मासिक ६ लाखमा ‘ज्यापु कम्पनी’ लाई लिजमा दिएको प्रधानाध्यापक केडी जोशीले अन्नपूर्णलाई बताए।

झन्डै पाँच सय विद्यार्थीमध्ये तीन सय ६० विद्यार्थी विद्यालय तहमा मात्रै अध्ययनरत छन्। जोशीले भने, ‘विद्यालयलाई आर्थिक रूपमा सम्पन्न गराउन जग्गा भाडामा दिइएको हो।’

माध्यमिक तहमा एउटा कक्षाकोठाका लागि ४२ स्क्वायर मिटर स्थान चाहिने पुनर्निर्माणको मापदण्ड छ। प्राथमिक तहलाई ३५ स्क्वायर मिटर स्थान चाहिन्छ।

‘पहिलाको शिक्षा नीतिअनुरुप ०.७५ स्क्वायर मिटर एउटा विद्यार्थीलाई स्थान दिइन्थ्यो। यद्यपि, यो नीति परिवर्तन भइसकेको छ’, जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर इन्द्रलाल महर्जनले भने।

नयाँ मापदण्डअनुसार स्ट्यान्डर्ड साइजको कक्षाकोठामा ३५ जना बालबालिका मात्रै राखिन्छ। यो मापदण्ड भूकम्पपछि बनेका सबै विद्यालयमा लागू भएको छ।

जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले ललितपुरमा पुनर्निर्माणले तोकेका मापदण्ड लागू भएका विद्यालय नरहेको जानकारी दिए।

‘मापदण्ड पछि बन्यो तर विद्यालय पहिला नै बने। त्यसैले यो मापदण्ड लागू गर्न सकिएन’, उनले भने।

ललितपुर शिक्षा कार्यालयका अनुसार जिल्लामा एक सय ८६ वटा सामुदायिक र दुई सय ७३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्।

शिक्षा कार्यालयले विद्यालयको स्वामित्वमा रहेका जग्गा कुन प्रयोजनमा सञ्चालन भइरहेका छन् भन्ने अध्ययनसम्म गरेको छैन। ‘विद्यालयको आर्थिक उन्नतिका लागि भाडामा दिन सक्ने प्रावधान छ’, शिक्षा अधिकारी खनालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.