चर्को शुल्कविरुद्व संयुक्त विद्यार्थीको ध्यानाकर्षण
काठमाडौं : संयुक्त विद्यार्थी संघ संगठनहरुले शिक्षा क्षेत्रमा चर्को शुल्कप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले संस्थागत बिद्यालयको चर्को शुल्क नियन्त्रण अभियान अन्तर्गत देशका देशभरका स्थानीय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार अनेरास्वबियु शैक्षिक बिभाग प्रमुख माधब पन्तको नेतृत्वमा सबै बिध्यार्थी संगठनका प्रतिनिधिहरुले कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
सार्बजनिक शिक्षाको गुणस्तर बृद्धि गर्न र निजि बिद्यालयको चर्को शुल्क नियन्त्रण गर्न सरकारले बनाएको निर्देशिका लागु गर्नुपर्ने पन्तले बताए ।
नगरपालिकाभित्र रहेका निजी विद्यालयलको नियमन गर्नुपर्नेमा विद्यार्थीले जोड दिएका छन् । मनोमानी ढङ्गले शुल्क उठाउने विद्यालयलाई कारवाही गर्नुपर्ने भन्दै विद्यार्थी संगठनले ध्यानाकषर्ण गराएका हुन् ।