जीवन परिवर्तनका लागि सकारात्मक सोच

जीवन परिवर्तनका लागि सकारात्मक सोच

सर्लाही :  जीवन परिवर्तनका लागि सही र सकारात्मक सोच हुनु आवश्यक भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।   ग्रामीण स्वयम सेवक समाजले  सही र सकारात्मक सोच जगाउन अभियान थालेको छ । 

हरिवनमा रहेको उक्त संस्थाले जीवन परिवर्तनका लागि सकारात्मक चिन्तन सम्बन्धी  कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा प्रशिक्षक सुदन ज्ञवालीले  जीवन परिवर्तनका लागि सकरात्मक सोच विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा  हरिवन नगरपालिका मेयर गणेश प्रसाई सहितका जनप्रतिनिधिहरु, ग्रामीण स्वयमसेवक समाज हरिवनका कार्यसमिति, व्यवस्थापन समितीका पदाधीकारी, कर्मचारी, त्यस्तै छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुगढी गाउपालिकाका जनप्रतिनिधीहरु सहित ७७ जना सहभागि भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीहरुमा सकारात्मक सोचको विकास गर्ने उदेश्यले कार्याशालाको आयोजना गरिएको ग्रामीण स्वयमसेवक समाजका कार्यकारी प्रमुख दिलिप पोेख्रेलले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.