जब प्रहरीको टोली बिहेको मण्डपमै पुग्यो

जब प्रहरीको टोली बिहेको मण्डपमै पुग्यो

यसरी रोकियो बालविवाह

मुसीकोटः बैशाखको महिना । लगनको बेला । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–७, फुक्रुस्थित एक घरमा शुक्रबार दिनभर छुट्टै रौनक थियो । रौनकको कारण थियो छोरीको विवाह । छर–छिमेक, नातागोता र आफन्तहरु सबै सानीभेरी–११ अर्माबाट आउने जन्तीको स्वागत गर्न तयार थिए । 

साँझपख जब दुलाह पक्ष जन्तीको लर्को लिएर केटीको घर पुगे, अनि सुरु भयो माइती पक्षबाट केटा पक्षको औपचारिक स्वागत । उता मण्डप तयार थियो । यता जन्तिको स्वागत चल्दै थियो, त्यही क्रममा प्रहरी पनि आइपुग्यो । बिहेमा सहभागी हुन होइ, भइरहेको यो विवाह रोक्न ।

सानीभेरी गाउँपालिका–११ का १८ वर्षीय रमेश र सानीभेरी गाउँपालिका–७ की १७ वर्षीया रमाबीच हुन लागेको उक्त विवाह गर्ने जोडीको कानुनतः उमेर नपुगेको उजुरी परेपछि प्रहरी चौकी सिम्लीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक गगनसिंह ठकुरीको नेतृत्वमा केटीको घरैमा पगेर उक्त विवाह रोकेको हो । 

चौकीमा पुगेको गोप्य खबरका आधारमा प्रहरीले उक्त विवाह रोकेको सिम्ली प्रहरी चौकी ईन्चार्ज ठकुरीले बताए । वैवाहिक सम्बन्धमा बाँधिन केटा र केटी दुवैको उमेर कम्तीमा २० वर्ष पुरा हुनुपर्ने कानुनी व्यवस्था विपरित भएको पाएपछि विवाहस्थालमै गएर रोकेको ठकुरीले बताए । 

उनका अनुसार शुक्रबार साँझ विवाह रोकेपछि दुलाह र दुलही पक्षका अभिभावकलाई सानीभेरी गाउँपालिकाका उपाध्यक्ष, बालविवाह अन्त्यका लागि काम गरिहेको गैरसरकारी संस्था रुकुमेली समाज विकास केन्द्रका प्रतिनिधि केवश विसी र जिल्ला बालकल्याण समितिका बाल अधिकार अधिकृत मानवीर ओलीको रोहवरमा अबदेखि यस्तो गल्ती नगर्ने कागज दुवैपक्षका अभिभावकलाई गराएर छोडिएको छ । 

दुवैतिरका अभिभावकले अञ्जानमा यस्तो गल्ती भएको बताउँदै अबदेखि यस्तो गल्ती नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता समेत जनाएका छन् । 

जिल्लाका विभिन्न ठाउँमा केटाकेटीको उमेर बढाएर वा लुकीछिपी भइरहेको बालविवाहका कारण धेरैको स्वास्थ्य खतरामा पर्नुका साथै उमेर पुगेपछि सम्बन्धबिच्छेद हुने समस्या बढिरहेको छ । 

यस गाउँपालिकामा दुई महिनायता मात्रै योसहित १३ वटा उमेर नपुगी हुन लागेका विवाह रोकिएका छन् । तर, केटाकेटी पक्ष नै विवाहका लागि मण्डपसम्मै पुगेका बेला रोकिएको यो पहिलो घटना बनेको  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.