चार जना सवार माेटरसाइकल दुर्घटना : दु्ईकाे मृत्यु, दुई घाइते

चार जना सवार माेटरसाइकल दुर्घटना : दु्ईकाे  मृत्यु, दुई घाइते

पर्सा : पर्साको पोखिरया नगरपालिकामा  सोमबार  बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना ४ त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका हुन् । 

बिहान करिव १ बजेको समयमा पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्कर दिँदा दुईको मृत्यु र दुई घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए  ।

मृतकको परिचय हालसम्म खुल्न नसकेको बताउँदै उनले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिरा भवानी गाउँपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र सोही स्थान निवासी धनलाल मुखिया विणको वीरगन्जकै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए  । 

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिचय हालसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक लिम्बूले  बताए  ।

मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.