विद्यार्थी यार्सा टिप्न पाटन , विद्यालय खाली

विद्यार्थी यार्सा टिप्न पाटन , विद्यालय खाली

डाेल्पा : यार्सागुम्बा संकलन गर्न  विद्यार्थीहरु पाटनतिर लागेपछि डोल्पाका विद्यालय खाली हुन थालेका छन् । जेठको १ गतेदेखि यार्सा संकलनका लागि पाटन खुला हुने गरेको छ ।  

पाइने पाटन खुला गरिने हुँदा विद्यालय छोडेर यार्सा टिप्न गएपछि विद्यालय खाली हुन थालेका हुन् । कतिपय विद्यालयबाट विद्यार्थी गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । विद्यार्थीहरु पाटन लागेपछि विद्यालय खाली हुन थालेको डोल्पाका शिक्षकहरु बताउँछन् । तल्लो डोल्पाका अधिकांश विद्यालयमा विद्यालय घट्दै गएका छन् ।

तल्लो डोल्पाका धेरैजसो द्यिार्थीहरु यार्सागुम्बा संकलनका लागि पाटनतिर लागि सकेको मुड्केचुला गाउँपालिका मालिका माध्यमिक विद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङले जानकारी दिए । उनले भने,‘एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु खालि हुँदै गएका छन।’

धेरै द्यिार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थी पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको उनले बताए ।

त्रिपुराकोट माध्यामिक विद्यालय मद्धुका आधारभुत र माध्यमिक तहका कक्षामा पनि दैनिक विद्यार्थी संख्या घट्दोे छ । विद्यार्थी सङ्ख्या घट्दै गएपनि भएका विद्यार्थीलाई राखेर पठनपाठन सञ्चालन भइरहेको शिक्षक शोभाकान्त पौडेलले दाबी गरे । उनले भने,‘शिक्षक विद्यालयमा दैनिक उपस्थित हुन्छन तर विद्यार्थी भने घटिरहेका छन।’

सरस्वती मावि दुनैमा पहिलो त्रैमासिक परीक्षाको तयारी भइरहेकाले विद्यार्थी  सङख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिँहले जानकारी दिए । जेठ दुई गतेदेखि पहिलो त्रैमासिक परीक्षा राखेकाले विद्यार्थी कमी नभएको आदर्श मावि जुफालका प्रधानाध्यापक पुर्णबहादुर डाँगीेले जानकारी दिए ।

प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिने अवधिमा चल्ने यार्सा सिजन डोल्पाली विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै आएको छ । यार्सा संकलन गरेरै डोल्पाली विद्यार्थीले वर्षभरिको पढाई खर्च जुटाउने भएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजनमा डोल्पाका विद्यालयहरु खाली हुने गरेका छन् ।  

विगतका वर्षमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बाका हिमाली पाटन यो वर्ष जेठ १ गतेबाटै खुला गरिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । डोल्पाको मुख्य आम्दानीको स्रोतका रुपमा यार्सागुम्बा मानिन्छ । यार्सा सिजनभरि डोल्पाका सबै बिद्यालय बन्द हुने गर्दछन ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि डोल्पाका मात्र होइन छिमेकी जिल्ला जाजरकोट,जुम्ला,रुकुम लगायत सुर्खेत, दैलेख, नेपालगन्ज र रामेछाप जिल्लाबाटसमेत डोल्पाका पाटनमा आउने क्रम सुुरु भएको छ ।

यार्सागुम्बा संकलनका लागि ३ किसिमका  प्रवेश रसिदको व्यवस्था गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए । जिल्ला बाहिरका लागि ३ हजार,जिल्ला भित्रकालागि २ हजार र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्रका  नागरिकका लागि ५ सय शुल्क तोकिएको चौधरीले जानकारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.