‘महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवै आलोपालो’

‘महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवै आलोपालो’

काठमाडौँः नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकता हुन्छ, ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदनगरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन ।’

साक्षात्कारमा उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमा आलोपालो नेतृत्व हुने बताए । अध्यक्षदेखि प्रधानमन्त्री मात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाइ थियो । 

नेकपा एमालेका नेतालाई बहुदलीय जनवादको माया लाग्नु स्वाभाविक भएपनि जनताद्वारा चलाइएको जनयुद्धलाई पनि एमालेका साथीहरुले माया गर्ने उनको विश्वास थियो । एकताप्रक्रिया अब छिट्टै टुंगिने बताउँदै ढिलाइ हुनुमा दुवै दलका समिति समायोजन गर्ने र शीर्ष नेताहरुको व्यवस्थापन रहेको उनले बताए । 

एकताप्रक्रियाबारे नेतापौडेलले भने, ‘कोट, पाइन्ट सिलाइ सकियो अब आइरन गर्न बाँकी छ, या भनौं फर्निचर बनाइसकियो अब रंगरोगन गर्न बाँकी छ, एकताबारे दुवै अध्यक्षबीच गम्भीर वार्ता भइरहेको छ।’

पार्टी एकता सम्मानजनक हुनुपर्ने उनको जोड थियो । उनले थपे, ‘गणितको आधारमा एकता हुँदैन, एकता त सम्मानजनक रुपमा हुन्छ, औसतको आधारमा एकता हुँदैन।’ क्षमता र योग्यताको आधारमा एकता हुने उनको जिकिर थियो ।

हिजो निर्वाचनमा ६० र ४० को अनुपातमा लडिए पनि अब पार्टी एकता ५०÷५० को अनुपातमा नहुने उनले जिकिर गरे । उनले थपे, ‘एकले अर्कालाई सम्मान गर्ने हो, कसैले पनि अपमानित भएको महशुस गर्नुहुँदैन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.