जुुुुनारमा कीराको संक्रमण
रतनचुुुुरा (सिन्धुुुुली) : फुुुुल पुुुुलेर फल लग्दै गरेको सिन्धुुुुली जिल्लाको जुुुुनार रोग संक्रमणका कारण नष्ट हुुुुन थालेको छ । फल लाग्ने बेलामा औंसे कीराको संक्रमणबाट जुुनारको ८० प्रतिशत फल कुुुुहिएर नष्ट हुुुुन थालेको सुुुुपर जुुुुनार जोन कार्यक्रमले जनाएको छ । बेक्टोशेरा सिरामिन नामक झिँगाले फैलाएको ब्याक्टेरियाका कारण जुुुुनार फलमा कीरा लाग्ने र कुुुुहिएर बोटमै नस्ट हुुुुने गरेको सुुुुपर जुुुुनार जोन कार्यक्रम सिन्धुुुुलीका प्रमुुुुख ललन सिंहले बताए ।
‘बेक्टोशेरा सिरामिन नामक झिँगाले जुुुुनार फलमा फुुुुलपार्ने र त्यो फुुुुलबाट आँैसा विकसित भएर जुुुुनार फल नष्ट गर्दा सिन्धुुुुलीमा व्यावसायिक रूपमा खेती गरिएको जुुनारको फल ८० प्रतिशत काम नलाग्ने अवस्थामा पुुुुगेको छ’, उनले भने । जुुुुनार फुुुुल्दा देखिकै यस्तो रोगको संक्रमण भए पनि त्यसलाई कृषकले लापरबाही गर्दा बगंैचाको अधिकांश फल नस्ट हुुुुन थालेको सिंहको भनाइ छ । बाहिर सध्य देखिएका फलमा पनि भित्र कीरा हुुुुने गरेको छ ।
जिल्लामा यस वर्ष जुुुुनार फुुुुल्दा देखिनै रोग, कीराको संक्रमण हुुुुन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको जुुुुनारलाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउने गरी जुुुुनार सुुुुपरजोन कार्यक्रमले गुुुुणस्तरीय फल उत्पादन गर्न लागिपरेको भए पनि औंसे कीराका कारण उत्पादनमै ह््रास आउन थालेको छ । जुुुुनारमा यस्तो रोग कीराको संक्रमण विगत वर्षहरूमै भए पनि यस वर्ष अत्यधिक मात्रमा देखिएको सिंहले बताए । सिन्धुुुुलीका रतनचुुुुरा, तीन कन्या, बासेश्वर, भुुुुवनेश्वरी र जलकन्यामा रोगको संक्रमण अत्यधिक देखिएको छ । जुुुुनारको जिल्ला भनेर चिनिने सिन्धुुुुलीमा यस वर्ष जुुुुनारको उत्पादनमा २० प्रतिशतले बढेको भए पनि गुुुुणस्तरमा ८० प्रतिशतले कमी आएको जुुुुनार विकास संघका जिल्ला उपाध्याक्ष कृष्ण गौतमले बताए ।
फल लाग्ने बेलामा औंसे कीराको संक्रमणबाट जुुनारको ८० प्रतिशत फल कुुुुहिएर नष्ट हुुुुन थालेको छ ।
जुुुुनारमा रोगको संक्रण बढेपछि फलनै नष्ट हुुुुँदा आम्दानी समेत कमी हुुुुने अवस्था आएको कृषक मित्रबहादुुुुर ठकुुुुरीले बताए । ‘अघिल्लो वर्ष जुुुुनार बिक्रीबाट दुुुुई लाखौं आम्दानी लिएका ठकुुुुरी यस वर्ष ४÷५ हजार पनि आम्दानी नहुुुुने अवस्था सिर्जना भएको छ’, उनले भने । उनको बगंैचाको ९० प्रतिशत जुुुुनार रोगले गाँजेको छ । वासेश्वर नाकाजोलीका शेरबहादुुुुर मगरले अघिल्लो वर्ष जनुुुुार बिक्रीबाट नौ लाख आम्दानी गरेका थिए । उनको पनि यस वर्ष जुुुुनारमा लागेको रोगका कारण आम्दानी घट्ने भएको छ । यस्तै तीन कन्याकी देवीकुुुुमारी ठकुुुुरीलाई पनि अघिल्लो वर्षको सिजनमा जुुुुनार बिक्रीबाट १५ लाखको हाराहारीमा आम्दानी गरेको भए पनि यस वर्ष ५० हजार पनि आम्दानी नहुुुुने भएपछि बालबाच्चाको लालनपालन र पढनपाठन कसरी गराउने भन्ने पिरलो बढेको छ ।
विगत चार वर्षदेखि जिल्लामा उत्पादित जुुुुनारमा बेक्टोशेरा (मिनाकल) नामको कीराको संक्रमण नियन्त्रण गर्न नसक्दा अधिकांश कृषक मारमा परेको जुुुुनार उत्पादन सहकारी संघ सिन्धुुुुलीका अध्यक्ष निर्मल रम्तेल बताउँछन् । हाल जिल्लामा १३ सय हेक्टर क्षेत्रफलमा जुुुुनारखेती गरिएको छ । सुुुुपर जुुुुनार जोन कार्यक्रम लागूपछि जिल्लामा एक हजार आठ सय हेक्टर क्षेत्रफलमा जुुुुनारखेती विस्तार भएको छ ।