गाई–भैंसीलाई पनि सुुुुत्केरी भत्ता !

गाई–भैंसीलाई पनि सुुुुत्केरी भत्ता !

सल्यान : सुुुुत्केरी भत्ता भनेपछि विशेषगरी महिला गर्भवती भएपछि पोषणबापत स्वास्थ्य संस्थाबाट दिइने रकम बुुझिन्छ । तर सल्यानमा महिलालाई मात्र होइन, गाईभंैसीलाई समेत सुुुुत्केरीबापतको पोषण उपलब्ध गराउने गरिएको छ ।

सल्यानमा पहिलो पटक शारदा नगरपालिकाले यस्तो व्यवस्था गरेको हो । गाई र भैंसीको उत्पादकत्व बढाउने उद्देश्यले कृत्रिम गर्भधारण गराउने कृषकलाई चौपायाको पोषणबापत रकम प्रदान गर्ने गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणमा २५ जना कृषकलाई पोषण भत्ता उपलब्ध गराउने लक्ष्य लिइएको छ । त्यसमध्ये नगरपालिकाले हालसम्म १० जना कृषकलाई २ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । यसबाट कृषक उत्साहित छन् ।

खलंगामा व्यावसायिक कृषि फर्म सञ्चालन गरिरहेका कृषक कृष्णराज उपाध्यायले आफूले दुुुुईवटा गाईको ईआईए (कृत्रिम गर्भधारण) गराएको र नगरपालिकाबाट पाँच हजार रुपैयाँ पाएको बताए । ‘नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न लागू गरेको भत्ता कार्यक्रमले म जस्तो किसानलाई सहयोग मिलेको छ’, उनले भने, ‘शारदा नगरपालिकामा मात्र होइन, देशैभर यस्तो व्यवस्था भए कृषक थप उत्सहित हुुुुने थिए ।’


पहिलो चरणमा २५ जना कृषकलाई पोषण भत्ता उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

कृत्रिम गर्भाधानबाट जन्मिएका गाई वा भंैसीले सामान्य गाईको तुुलनामा आठ गुुुुनासम्म बढी दूध दिने भएकाले कृषकको फाइदाको लागि यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाका प्रमुुुुख प्रशासकीय अधिकृत सुुुुवर्णसिंह ठकुुुुरीले जानकारी दिए ।

‘कृत्रिम गर्भाधान गराई उत्पादकत्व बढाउने कार्यक्रममा सहभागी कृषकलाई यस्तो सहायता प्रदान गर्ने गरिएको हो’, उनले भने, ‘भत्ताबाहेक प्राविधिक सहयोग र परामर्श दिने गरिएको छ ।’ शारदा नगरपालिकाका मेयर सुुुुरेश अधिकारीले कृषकको आर्थिक विकासलाई यस प्रकारका कार्यक्रमले सघाएको प्रतिक्रिया दिए । ‘दुुुुई हजार पाँच सयले कृषकलाई हुुुुने त केही होइन, तर यो सेवाप्रति आकर्षण बढोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘गाईभैंसीलाई पोषण भत्ता दिन थालेपछि कृषक उत्साहित छन् ।’

पशुुुु विकास बोर्डको कार्यक्रमअनुुुुसार सल्यानमा लागू गरिएको पशुुुु सुुुुत्केरी भत्ता वा पोषण भत्ता अन्य जिल्लामा पनि लागू गर्न सके किसान लाभान्वित हुुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.