थाहा नै नदिई गृहमन्त्री जनकपुर पुगेपछि मुख्यमन्त्री आक्रोशित

थाहा नै नदिई गृहमन्त्री जनकपुर पुगेपछि मुख्यमन्त्री आक्रोशित

काठमाडौँः केन्द्र सरकार र प्रदेश सरकारबीचको दुरी जनकपुरमा देखिएको छ । यही वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको स्वागतका लागि सुरक्षा तयारीबारे बुझ्न केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली थाहै नदिई मंगलबार बिहान जनकपुर पुगेपछि प्रदेश २ का मुख्यमन्त्री आक्रोशित भएका छन् । 

मोदीको स्वागत र अभिनन्दनका लागि सजाइँदै गरेको अवस्था बुझ्न मुख्यमन्त्री मोहम्मद लालबाबु यादव बाह्रबिघा मैदान पुगेका बेला अचानक नेपाली सेनाको हेलिकोप्टरमा पुगेपछि प्रदेश २ का मुख्यमन्त्री आश्चर्यचकित भएका थिए । 

‘प्रदेश सरकार छ भन्ने तपाईँहरुले ख्यालै नगरी आइपुग्नुभयो, कम्तिमा केन्द्र सरकारको टोली प्रदेशमा आउँदा समन्वय त हुनुपर्छ नि’,  आक्रोशित भएका मुख्यमन्त्री राउतले गृहमन्त्री थापासँग भने, ‘यस्तो व्यवहारले त प्रदेश र केन्द्रबीच दुरी बढाउने काम हुन्छ ।’

मुख्यमन्त्री राउतले आक्रोश पोखेपछि आफूहरुबाट कम्जोरी भएको बताउँदै गृहमन्त्री थापाले अबका दिनमा यस्ता कुरालाई सच्याउने बताए । ‘केन्द्र र प्रदेशबीच दुरी बढाउने हाम्रो योजना होइन’, थापाले भने, ‘अबका दिनमा कम्जोरी सुधार्दै समन्वय बढाउँछौँ ।’

गृहमन्त्री थापा तीनै सुरक्षानिकायका प्रमुख, गृहसचिव र अन्य सुरक्षा अधिकारीसहित सेनाको हेलिकोप्टरबाट जनकपुर पुगेका हुन् । उनले जिल्ला प्रहरी कार्यालय पुगेर मोदीको स्वागतमा गरिने सुरक्षा चुस्त दुरुस्त बनाउन निर्देशन पनि दिए । 

पढ्नुस्

बाह्रविघा मैदानमा ओलीले मोदीलार्इ अभिनन्दन गर्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.