कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक

कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र इजरायलका राजदूत बोनी ओमेरबीच भेटवार्ता भएको छ। मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए।

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ’, प्रचण्डको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ, ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्।’ 

प्रचण्डले कृषिमा आधारित उद्योगका लागि आफूहरू इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए।

इजरायलका राजदूत ओमेरले आफूहरू नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए। ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन्। यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं’, उनले भने। 

'सिकौ र कमाऔं' भन्ने नीति इजरायलकाे रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न अाफूहरू तत्पर रहेको धारणा राखे। 

प्राकृतिक रुपमा कृषिका लागि अनूकुल वातावरण नभए पनि कृषि प्रविधि र उन्नत विउविजनका कारण इजरायल कृषिकर्ममा विश्वकै नमूना मुलुक हो। इजरायलमा सहकारीमार्फत कृषि उत्पादन र बजारीकरण हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.