असिनाले जुम्ली कृषकको स्याउखेती सखाप

असिनाले जुम्ली कृषकको स्याउखेती सखाप

जुम्लाः पातारासी गाँउपालिका–४ का मिनबहादुर बुढाको बगैँचाका ९० वटा बिरुवामा फलेको सबै दाना असिनाले झारेर भुँइ ढाकेपछि उनी पीडाले भक्कानिए । हावाहुरीसँगै ठुलो मात्रामा परेको असिनाले स्याउका दाना झार्दै जाँदा उनको आँखाबाट तप्प तप्प भुँइमा आँसु पनि झर्दै गए । 

सोमबार साँझ परेको असिना पानिले जुम्ला पातारासी गाँउपालिकाका हजारौँ कृषकहरुले लगाएको स्याउखेती नष्ट भएपछि उनले यस्तो पीडा खेप्नु परेको हो ।  

‘असिनाले फल र पात झारेको नाङगो विरुवामा हेर्दा साह्रै मन दुखेको छ’, उनले भने, ‘सरोकारवाला निकायबाट राहातको अपेक्षा गरेको छु, नत्र यो वर्ष पेट पाल्न चर्को ऋणको भरपर्नुपर्छ, अबको एक बर्ष कसरी घरखर्च चलाउने ।’        

स्याउखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका उनी जस्तै त्यहाका हजारौँ कृषकको बेदना उस्तै छ ।  सोमबार साँझ ठुलो मात्रामा परेको असिनाले पातारासी गाँउपालिका तथा चौधबिस क्षेत्रका लाखौँ स्याउका विरुवाको फूल तथा चिचिला र दाना झारेपछि त्यहाँ यस वर्षको स्याउखेती नष्ट भएको छ । 

कृषकको स्याउमा वर्षदिनको लगानी असिनाले झारेर नष्ट भएपछि त्यहाँका हृषकहरु चिन्तित भएका छन् । असिनाले स्याउसँगै आरु, ओखर, खुरपानी लगायतका सबै फलफूलका विरुवाको फुल र दाना झारेको छ, भने मकै, आलु र गँहुबाली पनि नष्ट गरेको छ ।    

पातारासी गाँउपालिका कृषि संयोजक लक्षीराम महतका अनुसार असिना पानिले त्यस क्षेत्रको स्याउबालीमा ९५ प्रतिशत क्षति पुगेको छ । ‘असिनाले भर्खर फुल्दै गरेका फलफूलको सबै फूल र दाना झारेर नष्ट पार्यो । चौधबिषमा यस वर्षको स्याउ उत्पादन शून्यमा झर्छ, यसले कृषकलाई मात्र नभई समग्र जिल्ला र देशलाई घाटा भयो’ उनले भने, ‘फलफुलका विरुवाको बिमा गरेका कृषकले राहात पाउलान् तर बिमा नगरेका कृषकहरु मर्कामा परे ।’   

गाउँपालिकाको कार्यालयका अनुसार यस वर्ष प्राकृतिक प्रकोप क्षेत्रमा बजेट विनियोजन नभएकाले कृषकहरुलाई राहात उपलब्ध गर्न नसकिने अवस्था छ । स्याउको आम्दानीबाटै वार्षिक जीविकोपार्जन गर्दै आएका पातारासी–४ का स्याउ कृषक पूर्ण बोहोराले असिनाले स्याउबाली नष्ट पारेपछि परिवार पाल्न कालापहाड जानुुको विकल्प नरहेको बताए । 

‘मैलै लगाएको ८० वटा विरुवा फल्थ्यो, त्यसैको आम्दानीबाट बार्षिक रुपमा छोराछोरीको पढाई र घरखर्च चलाउथेँ । यस बर्ष स्याउबाली नष्ट भएपछि चिन्ताले सताएको छ, उनले भने ।’    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.