प्रिमियर लिगको उपाधि दुनै कोब्रालाई

प्रिमियर लिगको उपाधि दुनै कोब्रालाई

डोल्पा :  दुनै प्रिमियर लिगको उपाधी दुनै कोब्राले हात पारेको छ। दुनै प्रिमियर लिगको पाँचौं संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगकको बिजेता बनेको हो। बिजेता दुनै कोब्राले नगद ३० हजार,मेडल र प्रमाण पत्र हात पारेको छ भने उपबिजेताले १० हजारमा चित्त बुझाउनु परेको हो।

 
करिब १० दिनसम्म चलेको लिगमा ४ वटा टीमले सहभागिता जनाएका थिए। फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ्ग गरेको थियो। निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो। 

जवाफि ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले ७ वीकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो। लिगको बिजेताको दाबेदार मानिएको नेपाल प्रहरीले फाइनलमा भने उत्कृष्ट प्रर्दशन गर्न सकेन।
 
फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए। त्यसैगरी प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का,रन र वीकेट पनि कप्तान गुरुङले लिन सफल भएको आयोजकले जानकारी दिएको छ। 

उनले २७२ रन,१५ वीकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ठ खेलाडीमा परेका हुन। डोल्पाका खेलाडीको मनोवल वृद्धि गर्दै राम्रा खेलाडी उत्पादनका लागि हरेक वर्ष दुनै प्रिमियर लिगको आयोजना गर्दै आएको आयोजकका प्रमुख क्षितिज गुरुङले बताए। उनले भने यसै वर्ष दुनै प्रिमियर लिग (डिपिएल)को छैटौ संस्करण आउँदो भाद्र महिनामा हुनेछ।

गुरुङ होटेल,ओमपार रेष्टुरेण्ट,दुनै भ्याली क्लब र अन्य विभिन्न निकायको सहयोगमा दुनै प्रिमियर लिगकको पाँचौ संस्करणको आयोजना गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.