माया गुरुङको चोखो माया बजारमा
![माया गुरुङको चोखो माया बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/20180501115730_adhuro-2_iASXmISArt.jpg)
काठमाडौं ः थ्री स्टार मिडियाले चोखो माया भिडियो सार्वजनिक गरेको छ । चर्चित गायिका मिलन अमात्यको आवाजमा रहेको गीतमा नबिन रावलको सङ्गीत रहेको छ । यसै गीतबाट माया गुरुङले नव गीतकारका रुपमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा पाइला टेकेकी छन् ।
सन्देश, मिलन र श्रद्धाको शसक्त अभिनय रहेको गीतको छायङ्कन राजेन्द्र पलले गरेका छन् भने निर्देशन तथा सम्पादन राकेश दाहालको छ । गीतकार गुरुङ भन्छिन्,‘ गीत रेकर्डिङ गर्दादेखि छायाङ्कन गर्दासम्म सबै पक्षको मेहनत उत्तिकै रहेको हुनाले पनि गीत राम्रो बनेको हुनुपर्छ । अब प्रतिक्षा स्रोता तथा दर्शकको प्रतिक्रियाको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)