सुरक्षित र स्वास्थ कार्यस्थलमा जोड

सुरक्षित र स्वास्थ कार्यस्थलमा जोड

काठमाडौं : सुरक्षित र स्वास्थ कार्यस्थलका विषयमा देशभर विभिन्न कार्यक्रम गरिएको छ । कार्यस्थल सुरक्षित र स्वास्थ हुनुपर्नेमा यस वर्षका कार्यक्रममा जोड दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय श्रम संगठनलगायको सक्रिय सहभागितामा विभिन्न स्थानमा गरी साताव्यापी कार्यक्रम आयोजना गरिएको थियो ।

१२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस उपलक्ष्यमा यी कार्यक्रम आयोजना भएका हुन् ।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले १५ देखि २४ वर्ष समूहका ५४ करोड श्रमिकमध्ये तीन करोड ७० लाख बाल श्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको जनाएको छ ।

२५ वर्ष माथिका श्रमिकले ४० प्रतिशतभन्दा बढी ज्यान जाने प्रकृतिका व्यवसायजन्य चोटपटक बेहोर्ने गरेका छन् । युवा श्रमिकमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा जोखिम बढी हुनुमा शारीरिक र मनोवैज्ञानिक विकास क्रम, काममा अनुभवको कमी, अपर्याप्त तालिम, कार्यस्थलमा आउनसक्ने जोखिमबारे सचेतना अभाव ,सौदाबाजीको सामथ्र्य नुहुनुलगायत कारण रहेको आईएलओले जनाएको छ ।

सन् २०१८ को सुरक्षा दिवस अभियानमार्फत यी चुनौतीलाई सम्बोधन गर्न र युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सवालमा सुधार ल्याउन अत्यावश्यक भएको आईएलओका एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक तोमोको निसिमोतोले बताएकी छन् । 

युवा श्रमिकको सुरक्षा, स्वास्थ्यमा सुधार र बाल श्रम अन्त्यको आह्वान गर्दै यो वर्ष कार्यस्थलमा सुरक्षा र स्वास्थ्य वर्ष दिवस र बाल श्रम बिरुद्धको वर्ष दिवस एकै साथ मनाउन लागिएको छ । यो अभियानले दिगो विकास लक्ष को ८.८ अन्तर्गत सबै श्रमिकलाई सन् २०३० सम्म सुरक्षित र निश्चिन्त वातावरणमा काम गर्ने अवसर प्राप्त हुनेछ ।

दिगो विकास लक्षअन्तर्गत २०२५ सम्म सबै प्रकारका बाल श्रमको अन्त्य गर्न विभिन्न कार्यक्रम गरिने आईएलओले जनाएको छ । आईएलओले बाल श्रम घटाउनका लागि विभिन्न युवा स्वयंसेवी परिचालन गर्न सकिने बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.