यू १६ क्रिकेट : प्रदेश २ र ७ फाइनलमा

यू १६ क्रिकेट : प्रदेश २ र ७ फाइनलमा

काठमाडौं : प्रदेश २ र ७ मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको आआफ्नो खेलमा जित हात पार्दै प्रदेश २ र ७ ले उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश एकलाई पाँच विकेटले पराजित गर्‍यो। प्रदेश २ ले भने प्रदेश तीनलाई ४१ रनले हरायो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४८ रनको योगफल खडा गरेको थियो। जवाफमा ब्याटिङमा आएको प्रदेश ७ ले २२ ओभरमा मात्र पाँच विकेट गुमाएर एक सय ५० रन बनाउँदै जित पक्का गरेको हो।

प्रदेश ७ को जितमा सुरुवाती ब्याट्सम्यान राजन सिंहले २८ बलमा ३२ रनको योगदान दिए भने सुवास अयरले २९ बलमा ३७ रन तथा रोशन सावदले २३ बलमा २३ रननै जोडेका थिए। राजनले आफ्नो पालीमा एक छक्का र तीन चौका प्रहार गरेका थिए। सुवासले सात चौका र रोशनले तीन चौका प्रहार गरे। राहुल भण्डारीले पनि २० बलमा अविजित २५ रनको योगदान दिए।

बलिङतर्फ प्रदेश ७ का नरेन्द्र सावद एक्लैले चार विकेट लिएका थिए। ६ ओभर बलिङ गरेका नरेन्द्रले एक मेडन निकाल्दै १३ रन मात्रै दिएका थिए। उनीबाहेक मनोज लोथ्यालले दुई तथा राहुल भण्डारीले एक विकेट लिएका थिए। प्रदेश १ का लागि भने विवेक मेहताले २२ बलमा ४१ रनको योगदान गर्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। विनोदले आफ्नो पालीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए। यस्तै राजन मगरले २२ रन, नभनित कर्णले १९ रन र अभिषेक बरालले १६ रन जोडेका थिए।

दिनको दोस्रो सेमिफाइनल खेलमा टस हारी पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १६ रनको ठूलो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको प्रदेश ३ २८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७५ रनमै रोकिएपछि प्रदेश २ को फाइनल यात्रा तय भएको हो।

प्रदेश २ का लागि प्रारम्भिक ब्याट्सम्यान अमित यादवले ७४ बलमा ८६ रनको योगदान गरे भने विवेक यादवले २६ बलमै अविजित रहँदै ६३ रनको विस्फोटक पाली खेले। अमितले आफ्नो पालीमा एक छक्का र आठ चौका प्रहार गरेका थिए। विवेकले भने सात छक्का र एक चौका प्रहार गरे। सुजित शाहले थप ३५ रन जोडे। जवाफी ब्याटिङमा आएको प्रदेश तीनलाई सस्तैमा रोक्न प्रदेश २ का विक्रम कुसवा एक्लैले चार विकेट लिए।

प्रदेश ३ का लागि प्रतिश जीसीले ४८ रन, सम्भव श्रेष्ठले ३४ रन र दीपक बोहोराले ३० रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। प्रदेश ३ का सुशान्त कार्की र प्रतिश जीसीले दुई÷दुई विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.