माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही बेरमा बस्ने भएको छ । समसामयिक राजनीतिक, एमालेसँगको पार्टी एकीकरण, आन्तरिक संगठनात्मक विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारका कामकारवाहीकाबारेमा समेत छलफल हुने बताइएको छ। दिउँसो ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडाँमा बस्ने बैठक बस्न लागेको हो ।