मोदीको नेपाल यात्रा : बाह्रबिघामा नागरिक अभिनन्दन

मोदीको नेपाल यात्रा : बाह्रबिघामा नागरिक अभिनन्दन

 जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते भारतको पटनाबाट सोझै जनकपुर आउने भएका छन् ।

प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा सुरक्षा तयारी सन्दर्भमा अनुगमन तथा निरीक्षण गर्न मंगलबार जनकपुर आइपुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी पटनाबाट जनकपुर हेलिकोप्टरमार्फत आउने कार्यक्रम रहेको जानकारी दिए । प्रधानमन्त्री मोदी दिल्लीबाट पटना आउने र त्यहाँबाट तीन वटा हेलिकोप्टरमा सोझै जनकपुरको बाह्रबिघा मैदान आउनेछन् ।

गृहसचिव देवकुमार राई, गृहप्रवक्ता रामकृष्ण सुवेदीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग सेनाको हेलिकोप्टरबाट जनकपुर आइपुगेका गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान र जानकी मन्दिरको अनुगमन गरेका थिए । त्यसैगरी भ्रमण सुरक्षा तयारी सन्दर्भ बुझ्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिकाबारे जानकारी गराएका हुन्् ।

जनकपुरमा पूजापाठ र नागरिक अभिनन्दनपश्चात् मोदी मुक्तिनाथ दर्शनमा जाने र त्यहाँबाट काठमाडौं फर्किने कार्यक्रम रहेको गृहमन्त्री थापाले बताए । थापाले भने, ‘प्रधानमन्त्री मोदीको यो भ्रमण पूर्ण धार्मिक रहने छ, यसमा कुनै राजनीतिक स्वार्थ छैन । मोदीले जानकी मन्दिर र मुक्तिनाथ दर्शन गर्ने इच्छा पहिल्यै व्यक्त गर्दै आएका थिए । कारणवश भ्रमण सम्भव हुन सकेको थिएन् । यसपटक भने उनी विशुद्ध धार्मिक भ्रमणका लागि नेपाल आउने कार्यक्रम तय भएको छ’, गृहमन्त्री थापाले बताए । मोदीको जनकपुरमा स्वागतका लागि प्रधानमन्त्री केपी ओली पनि आउन सक्ने गृहमन्त्री थापाले बताए । मोदीको भ्रमणका लागि केन्द्रीय सरकारसँगको समन्वयमा व्यवस्थापनको सम्पूर्ण कार्य प्रदेश २ सरकारले गर्नेछ । गृहमन्त्री थापाले भने, ‘यो भ्रमणमा मोदीको सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारको भएको हुनाले सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्न हामी तत्पर छौं ।’ मोदीको अभिनन्दनका लागि निर्धारण गरिएको बाह्रबिघा मैदानमा वर्षाको पानी जमेर मञ्च व्यवस्थापनमा केही अप्ठ्यारो हुन गए पनि पानी निकासका लागि काम भइरहेको आफूलाई जानकारी गराइएको गृहमन्त्री थापाले बताए ।

यता प्रदेश सरकारलाई बिनाजानकारी एक्कासि जनकपुर आइपुगेका गृहमन्त्री थापासमक्ष मुख्यमन्त्री लालबाबु राउतले बिनासमन्वय आएकोप्रति गुनासो गरे’, मुख्यमन्त्री राउतले भने, ‘बिनासमन्वय आउनुभयो समयमा सूचना दिँदा व्यवस्थापनमा सजिलो हुने थियो, भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारीमा प्रदेश सरकार लागिपरेका बेला केन्द्रसँग यसप्रकार समन्वय अभाव भयो भने केन्द्र र प्रदेशको दूरी बढ्न सक्छ ।’

मुख्यमन्त्री राउतको गुनासोलाई स्विकार्दै गृहमन्त्री थापाले प्रदेश सरकारलाई आफूहरू आइरहेको विषयमा जानकारी गराउनुपर्ने भएपनि किन जानकारी हुन सकेन भन्ने विषयमा आफूले तत्कालै बुझ्ने बताए । उनले भने, ‘हामीले विशेष समन्वय गरी यस भ्रमणलाई सम्मानपूर्वक सम्पन्न गराउनुपर्छ ।’ मुख्यमन्त्री राउतले गृहमन्त्री थापालाई प्रदेश सरकारले गरिरहेको तयारीहरूको सन्दर्भमा जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.