'दियालो साहित्य सरगम' को औपचारिक घोषणा
काठमाडौँ: साहित्य, कला र संगीतको विकास र प्रवर्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको "दियालो साहित्य सरगम" को औपचारिक घोषणा गरिएको छ।
घोषणा कार्यक्रममा विशेष रचना वाचन कार्यक्रम पनि राजधानीस्थित लेखनकुञ्जमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्ति शर्माको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा कवि तुलसी दिवस थिए ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल, डा. रामप्रसाद ज्ञवाली, प्रा.डा भीम खतिवडा, डा. देवी नेपाल, डा. रेणु थापा सोलु, रमेश पौडेल, यज्ञराज उपाध्याय, विजयध्वज थापा, मञ्जुश्री प्रधान, सुनिल अधिकारी, पोष्टराज चापागाईं, बविन खान, इम्जिहाज बफाम, रामबहादुर पहाडी, पुष्कर लोहोनी, कृष्ण कोइराला, डा. श्वेता दिप्ती, विप्लव ढकाल र मदन पौडेल लगायत अतिथि थिए ।
नारायण निराशी, आाश्मा उपाध्याय, प्रदीप बेरङ्गी, लालकाजी श्रेष्ठ, रामबहादुर पहाडी, बबिन खाँन, इम्तिहाज बफा लगायत कविहरुको रचना वाचन गरे। कार्यक्रममा संस्थाको तर्फबाट प्रकाश सुवेदीले पनि रचना बाचन गरे ।
प्रमुख अतिथि तुलसी दिवसले साहित्य, कला र सङ्गीतले गतिशील देश भूगोलमा स्थिर देशभन्दा धेरै समृद्ध हुने बताए । अबको साहित्य जीवनका लागि हुनुपर्ने उनले बताए ।