प्रदेश २ मा चर्को स्वरमा गीत बजाउन नपाउने

प्रदेश २ मा चर्को स्वरमा गीत बजाउन नपाउने

जनकपुरधाम : प्रदेश-२ मा चर्को स्वरमा बज्ने लाउडस्पीकर नियन्त्रण गर्न सरोकारवालाले माग गरेका छन्। चाँडपर्व, सभा,समारोह, पूजापाठ,सांस्कृतिक कार्यक्रम वा धार्मिक अनुष्ठानको नाउँमा चर्को स्वरमा डिजे बजाउने प्रवृद्धि बढेपछि यसको नियन्त्रणका लागि माग गरिएको हो।जनपुरमा पछिल्लो चाडपर्व होस् या विवाहमा चर्को स्वरमा गीत बजाउने प्रचलन बढ्दै गएको छ।

घरको चारैतिर लाउडस्पीकर लगाएर चर्को स्वरमा दिनरात गीत वा भजनकिर्तन गर्दा विद्यालयको पठनपाठन समेत प्रभावित हुने गरेको पाइएको छ। यतिमात्र नभएर स्वास्थ्य संस्था र सर्वसाधारणलाई नियमित काममा समेत वाधा हुने गरेको सरोकारवालाले बताएका छन्। 

शिक्षा पत्रकार समूको आयोजनामा बुधबार जनकपुरमा आयोजित विद्यालय शान्ति क्षेत्र विषयमा राजनीतिक दल र जनप्रतिनीधिसँगको छलफलमा सहभागी अधिकांशले विद्यालयको छेउछाउमा दिनभरी संस्कृतिको नाउँमा गरिने ध्वनी प्रदूषण ठूलो समस्याको रुपमा रहेको बताए। 

प्रायःजसो गाउँघरमा सभासम्मेलन वा धार्मिक कार्यक्रमको बेला ट्याक्टरमै ठूलठूला साउन्डबक्स राखेर चर्को स्वरमा गीत बजाउँदै घुम्ने प्रचलन छ।पर्सा जिल्लाको संखुवा परसौनी गाउँपालिकाका प्रमुख दिप जयसवालले विद्यालयमा कक्षा चलिरहँदा समेत छेउछाउमा चर्को स्वरमा बज्ने गीतहरुले विद्यार्थीको पढाइमा समेत समस्या उत्पन्न भएको बताए।

उनले भने, यस्ता क्रियाकलापलाई रोक्न गाउँपालिकासमक्ष माग गरेका छौं। तर, धर्म संस्कृतिको काममा अड्चन गरेको भन्दै गाउँलेबाट नै विरोध खेप्नुपर्ने अवस्था रहेको छ। यस प्रदेशमा नीतिनै बनाएर डिजे र लाउडस्पीकर नियन्त्रण गर्न प्रदेश सरकारलाई दबाब दिनुपर्ने जयसवालको भनाई छ। 

शान्ति भंगहुने गरी जनजीवननै प्रभावित हुनेगरी मनोरञ्जनको नाउँमा चर्को स्वरमा डिजे बजाउने क्रियाकलाप अतिनै निन्दनीय रहेकोले स्थानीय तहबाटै जिल्लामै डिजे निषेध गर्न प्रयास थाल्नुपर्ने सिरहाको कर्जनहा नगरपालिका प्रमुख गंगा पासवानले बताए। विद्यालय शान्ति क्षेत्र स्थापनाका लागि सबैभन्दा पहिले लाउडस्पीकर निषेध गर्नुपर्ने जनप्रतिनिधिले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.