श्रीमानले कुटपिट गरेको भन्दै उपमेयरले उजुरी गरेपछि..

श्रीमानले कुटपिट गरेको भन्दै उपमेयरले उजुरी गरेपछि..

काठमाडौं : श्रीमानले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेका थुप्रै खबर सार्वजनिक हुन्छन्। तर, नगरपालिकाको न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी लिएकी ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले समेत श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेकी छिन्। 

मंगलबार उपमेयर अधिकारीले श्रीमानले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन्। श्रीमानविरुद्ध उजुरी गरे लगत्तै  बडेगाउँ प्रहरीले उनका श्रीमान ध्रुव कुँवरलाई पक्राउ गरेको छ। अनुसन्धानका लागि कुँवरलाई प्रहरीले बडेगाउँबाट सतदोबाटो प्रहरी वृतमा बुझाएको थियो। 

सातदोबाटो वृतले थप अनुसन्धानका लागि जावलाखेल प्रहरी परिसरमा पुर्याएको छ। उपमेयर अधिकारीले श्रीमानले कुटपिट गरेको भन्दै उजुरी गरेकै आधारमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो। यो केसलाई जावलाखेलस्थित महिला सेलमा पुर्याइएको छ।

उपमेयर समेत रहेकी अधिकारीले श्रीमानले कुटपिट गरेको भन्दै उजुरी गरे पनि उता, उनका श्रीमानले भने आफू स्वयम् श्रीमतीबाट पीडित भएको बताएका छन्। श्रीमतीले कुटपिटविरुद्ध प्रहरीमा उजुरी गरेपछि श्रीमान कुँवरले उल्टै आफू श्रीमतीबाट पीडित भएको बताएका हुन्। उनले चाँडै आफू श्रीमतीबाट पीडित भएको विषयमा यथार्थ विवरण सार्वजनिक गर्ने बताए। 

श्रीमान श्रीमतीले एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका बेला जावलाखेल प्रहरीले भने श्रीमान श्रीमतीको झगडा मिलिसकेको बताएको छ। जावलाखेलका डीएसपी नरेन्द्र चन्दले भने, ‘श्रीमान श्रीमतीको झगडा हो, केस मिलेपछि उहाँहरु घर गइसक्नु भएको छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.