बलात्कार प्रयासकाे आरोपमा कानून व्यवसायी पक्राउ
![बलात्कार प्रयासकाे आरोपमा कानून व्यवसायी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/20180429220125_arrest-jhapa_KM0kj1DwSp.jpg)
चितवन : भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।
उनलाई बुधबारै म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।
भट्टराई जिल्ला अदालत बार एसोसिएसन चितवनका साधारण सदस्य हुन् । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)