स्वास्थ्य मन्त्रालयको हस्तक्षेपपछि नर्सको अन्तर्वार्ता रोकियो

स्वास्थ्य मन्त्रालयको हस्तक्षेपपछि नर्सको अन्तर्वार्ता रोकियो

भक्तपुर : स्वास्थ्य मन्त्रालयको हस्तक्षेपपछि भक्तपुर अस्पतालले बुधबार र बिहीबारको लागि तय गरेको नर्सको अन्तर्वार्ता रोकेको छ। अस्पतालले हाईकेयर युनिट सञ्चालन गर्न पाँचजना स्टाफ नर्स आवश्यक भएको विज्ञापन प्रकाशन गरेको थियो। उक्त विज्ञापन अनुसार अस्पतालले बुधबार बिहान दस बजे आवेदक  दिने नर्सलाई अन्तर्वार्ता लिन बोलाएको थियो। सोही अन्तर्वार्तालाई स्वास्थ्य मन्त्रालयले रोक्न निर्देशन दिएको हो। 

विज्ञापनअनुसार बुधबार अन्तर्वार्ता दिन आवेदन दिएका ७४ जना नर्स अस्पतालमा उपस्थित भएका थिए। ‘बुधबार बिहान निर्धारित कार्यक्रमअनुसार आवेदन दिएका नर्सको अन्तर्वार्ता लिने तयारी गरेका थियौं’, अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले अन्नपूर्णसँग भने, ‘अन्तर्वार्ता लिन नपाउँदै मन्त्रालयले रोक्न आदेश दियो।’

उनले विज्ञापन प्रकाशन गर्दा कुनै प्रतिक्रिया नदिएको मन्त्रालयले अन्तर्वार्ता रोक्नु दुर्भाग्य भएको बताए। उक्त विषयमा बिहीबार मन्त्रालय गएर नर्सको अन्तर्वार्ता रोक्नुको कारण सोध्ने उनले सुनाए।

मन्त्रालयको हस्तक्षेपपछि बुधबार नै अस्पतालले सूचना प्रकाशन गरी अन्तर्वार्ता स्थगित गरेको छ। अस्पताल प्रशासनले निकालेको सूचनामा विशेष कारणले गर्दा अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ।

‘यहीं मिति २०७५।१२।१९ र २० गते दुई दिन बिहान १०ः०० बजेदेखि हुने भनिएकोमा विशेष कारणले गर्दा अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘साथै अर्को सूचनाद्वारा अन्तर्वार्ता मितिबारे जानकारी गराइने व्यहोरासमेत अनुरोध छ।’
 
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले करिब एक महिनाभित्र हाईकेयर युनिट सञ्चालन गर्नेगरी नर्सको विज्ञापन गरिएको बताइन्।उनले पनि अन्तिममा आएर मन्त्रालयले गरेको हस्तक्षेपको बारे बिहीबार मन्त्रालयमै पुगेर बुझ्ने जानकारी दिइन्।

उनका अनुसार हाईकेयर युनिट सञ्चालन गर्न अस्पतालले आवश्यक व्यवस्था अघि बढाइरहेको छ। जसअनुसार हाईकेयर युनिट राख्ने ठाउँको छनोट, उपकरण जडानलगायतका कार्य भइरहेको उनको भनाइ थियो।

अस्पतालले आईसीयू कक्ष सञ्चालनको लागि चार वर्षअघि करिब डेढ करोड रुपैयाँको उपकरण झिकाएको थियो। ठाउँ तथा जनशक्ति अभावले उक्त उपकरण त्यत्तिकै थन्किँदै आएको थियो।

आईसीयू सञ्चालन गर्न चौतर्फी दबाब बढेपछि अस्पतालले आईसीयूको लागि ल्याइएको उपकरण प्रयोग गरेर हाईकेयर युनिट सञ्चालन गर्ने तयारी अगाडि बढाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.