ल्यान्डरोभरका ७० वर्ष

ल्यान्डरोभरका ७० वर्ष

इलाम : पहाडकी रानी अर्थात बेलायती ल्यान्डरोभर जिप । मेची, कोसी र भारतको दार्जिलिङ पहाडको घुम्ती, उकाली ओराली र मोडमा अझै ल्यान्डरोभरकै राज छ । कम्पनीले गाडी निर्माण सुरु गरेको ७० वर्ष पुगेको छ । त्यहीँ सन्दर्भ पारेर यी पहाडी क्षेत्रमा ल्यान्डरोभरलाई ध्वजापतकाले सिंगारिएको छ । पहाडी यात्राको पर्याय बनेको यो गाडीसँग पहाडी क्षेत्रमा मानिसको विशेष लगाव छ ।

तर, यो पटक नेपालतिरको परिस्थिति भने अलि भिन्न छ । भारतसँगको सीमा नाका मानेभञ्ज्याङमा ल्यान्डरोभर कम्पनीले गाडीको ७० अौ‌ वर्षगाँठ मनायो । नेपालमा भने २० वर्ष पुराना सूचीमा परेकाले चलाउन नपाइने भएको छ । इलाममा चल्ने यस्ता गाडीमा प्रतिबन्ध लागेपछि सयांै श्रमिक र लगानीकर्ता मारमा परेका छन् ।

४६ वर्ष अगाडिदेखि ल्यान्डरोभर जिप कुदाएका सिंहलिला ल्यान्डरोभर एसोसिएसन मानेभञ्ज्याङका अध्यक्ष पासाङ तामाङले यो गाडी आल्मुनियमको प्रयोगबाट बनेको र यसको हलुंगो बनावटले पहाडी कच्ची सडकमा सजिलो हुने बीचैमा गाडी बिग्रिए पनि चालकले सजिलै मर्मत गरी गुडाउन सक्ने गुण भएको बताए । उनले भने, ‘पहाडको जनजीवनसँग ल्यान्डरोभरको साइनो निकै आधा शताब्दीभन्दा धेरै भइसक्यो ।’

भारतीय सन्दकपुर फालोटसम्म पर्यटकको ओसारपसार मात्र नभएर सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा बलका लागि राशनपानी ओसार्न पनि ल्यान्डरोभरकै प्रयोग गर्ने गर्छन् । सीमा नाका मानेभञ्ज्याङमा मात्र ४५ वटा ल्यान्डरोभर चल्छन् । सन १९४८ अप्रिल ३० तारिखबाट निर्माण हुन थालेको ल्यान्डरोभर जिप आजसम्म निरन्तर चलिरहेको पाएपछि ल्यान्डरोभर कम्पनीसमेत चकित छ ।

ल्यान्डरोभर बन्द भएपछि नेपालमा भने चालकबाट ल्यान्डरोभरको मालिक बनेकाको बिचल्ली भएको छ । नगरपालिका ५ बरबोटेका टीका गुरुङले १४ वर्ष अरुकै गाडी चलाएर किनेको गाडी चलाउन सरकारले रोक लगाएपछि कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । ल्यान्डरोभर गाडी कुदाएर पाँच लाख रुपैयाँ कमाएका उनी भन्छन्, ‘आधा रकम ऋण काडेर दुई वर्षअघि गाडी किनेको थिए चैतदेखि चलाउन पाइएको छैन । हाम्रो त बिल्लीवाठ हुने भयो ।’ गुरुङ मात्र हैन अरुको गाडी चलाएर जोहो गरेको रकमबाट गाडी मालिक बनेका इलामका ६० भन्दा बढी ल्यान्डरोभर व्यवसायीहरू के गर्ने भन्ने बिलखबन्दमा परेका छन् । गुरुङ भन्छन्, ‘ऋण बुझाइसकेकै छैन गाडी चलाउन नपाएपछि ठूलो समस्यामा परियो ।’

सरकारले २०७१ भदौ १९ गते २० वर्ष पुराना गाडीका कारण वातावरणमा असर परेको र दुर्घटनासमेत बढेको भन्दै रोक लगाउने निर्णय गरेपछि ल्यान्डरोभरको भविष्य संकटमा परेको हो । इलाममा अहिले पनि ६० वटा ल्यान्डरोभर सञ्चालनमा रहेको र यसमा कार्यरत सयौं मजदुर प्रभावित हुने पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताए । उनले भने, ‘गाउँ जाने सबै सवारी अहिले थन्किएका छन् ।’

जिल्लामा दुई हजार चार सयदेखि तीन हजार किलोमिटरको हाराहारीमा कच्ची सडक छ । यी सडकहरूमा ल्यान्डरोभर भरपर्दो हुने अध्यक्ष सुब्बा दाबी गर्छन् । इलाममा ल्यान्डरोभर भ्रमणदेखि कृषि उपज, खाद्यान्न ओसारपसारमा समेत प्रयोग हुने गरेको छ । २०४० सालमा इलाम भित्रिएको यो सवारीले दुर्गमको यातायातलाई सहज बनाएको थियो ।

इलामको सन्दकपुर, सिद्धिथुम्का, माबु, माइपोखरीलगायत पर्यटकीयस्थलसम्म पुग्नका लागि ल्यान्डरोभर नै प्रयोग हुने गरेको थियो । भारतको दार्जिलिङमा भने यसलाई संरक्षणका लागि बेग्लै संस्था निर्माण गरिएको छ । अध्यक्ष सुब्बा पुराना सवारीसाधनलाई आवश्यक सुधार र नियमन गरेर सञ्चालनको व्यवस्था गर्नुपर्ने माग गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.