मधेशका विश्लेषक तुलानारायण साह फोरममा प्रवेश
काठमाडौं : विश्लेषक तुलानारायण साह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।साहकासाथै सर्लाहीका ईन्जीनियर मनोज वर्मा र धनुषाका देवनाराण यादव तथा व्यवसायीहरु सिरहाका रुद्रराज डोटेल र रेणु यादव फोरममा प्रवेश गरेका हुन्।
काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई टिका लगाएर पार्टीमा प्रवेश गराएका छन् । जारी बैठकलाई केही समय स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्ष यादवले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
फोरम नेपालको नीति, सिद्धान्त, रणनीति र कार्यदिशालाई स्वीकार र समर्थन गर्दै उनीहरुले फोरम नेपालको पार्टी सदस्यता लिएका छन् ।