कर्ण शाक्यको ‘वाटर फ्रन्ट रिसोर्ट’ जाँचबुझ गर्न सर्वोच्चकाे अादेश

कर्ण शाक्यको ‘वाटर फ्रन्ट रिसोर्ट’ जाँचबुझ गर्न  सर्वोच्चकाे अादेश

काठमाडौं : सर्वोच्च अदालतदले पर्यटन व्यवसायी कर्ण शाक्यको लगानीमा फेवाताल किनारमा निर्मित ‘वाटर फ्रन्ट रिसोर्ट’ बारे जाँचबुझका लागि आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकास मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले उक्त रिसोर्टले फेवा प्रभावित भएन भएको सम्बन्धमा सम्बन्धित चारवटा मन्त्रालयका प्रतिनिधि संलग्न समिति गठन गरी दुई महिनाभित्रै अदालतमा प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले नापी विभाग र भूमिसुधार तथा व्यवस्थापन विभागबाट एकएक जना प्रतिनिधि र वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एकएक प्रतिनिधि संलग्न समिति बनाएर जाँचबुझ गर्न सरकारलाई आदेश दिएको छ । 

अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, पर्यटन मन्त्रालय, उद्योग विभाग, पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्ट्रारको कार्यालय, पर्यटन व्यवसायी कर्ण शाक्यलगायत निकायलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

फेवातालको अतिक्रमण भएको जग्गाबारे खोजविनका लागि सरकारले २०६९ सालमा विश्व प्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको तथ्य बाहिर ल्याएको छ । 

समितिले नौ सय ५० जना व्यक्तिको लालपूर्जा खारेज गर्नसमेत प्रतिवेदनमा सिफारिस गरेको छ । सर्वोच्चबाट गत वैशाख १६ गते भएको आदेशको विहीबार सार्वजनिक पूर्ण व्यहोरामा शाक्यद्वारा निर्मित रिसोर्टका भवन तालको किनाराबाट ६५ मिटरभित्र पर्ने वा नपर्ने बिषयमा समितिले रिपोर्ट दिनुपर्ने छ । 

यस्तै रिसोर्टबाट निष्काशित पानी शुद्धिकरण गरी होटलकै प्रयोगमा ल्याइएको हो वा फेवातालमा निष्काशन गरिएको हो भन्ने बिषयमा पनि छानविन प्रतिवेदन बुझाउन भनिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.