बिहीबार ओली-दाहालबीच दुई पटक भेटवार्ता : के कुरा भयो ?

बिहीबार ओली-दाहालबीच दुई पटक भेटवार्ता : के कुरा भयो ?

काठमाडौं : पार्टी एकतालाई ‘वारपार’ लगाउन एमाले-माओवादी केन्द्रका अध्यक्ष सघन वार्तामा बसेका छन्। एमाले-माओवादी बीचको एकता एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिन्ह, माओवादी जनयुद्धको स्वीकारोक्ति लगायतका विषयमा दुई अध्यक्षबीच छलफल भएको छ।

विहीबार एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुईपटक भेटवार्ता भएको छ। बिहीबारको छलफलमा संगठनात्मक हिस्सेदारी कसरी मिलाउने र कार्यदलले बुझाएको रिपोर्टका आधारमा एकीकृत पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्नेमै केन्द्रित रहेर छलफल भएको छ। छलफल सकारात्मक भए पनि एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी लागयतमा अझै ठोस सहमति हुन सकेको छैन।

प्रधनमन्त्री ओली शुक्रबार)चितवन र धनगढी जाने कार्यक्रम रहेपनि दाहालसँगको छलफल पछि धनगढीको कार्यक्रम स्थगित गरिएको छ। चितवन कार्यक्रमबाट ओली फर्केपछि दुई नेता थप छलफलमा बस्ने छन्। ‘समयमै प्रधानमन्त्री बाहिरका कार्यक्रम सकेर काठमाडौं आउनुभयो भने भेटघाट हुन्छ,’ दाहालको नीजि सचिवालयले अन्नपूर्णसँग भन्यो।

‘आजको छलफल सकारात्मक छ। फेरि शुक्रवार पनि छलफल हुन्छ,,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भने। अन्तरिम विधान कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति वनाउने गरी प्रस्ताव एकता संयोजन समितिमा गरेको थियो। तर, उक्त संख्या केन्द्रीय समितिमा समेटिने दुवै पक्षका नेताको समायोजन संख्यामा कुरा नमिल्दा आकार बढाउने गरी पछिल्ला छलफल केन्द्रित छ। 

दुई अध्यक्षबीच भइरहेका बारम्बारका वार्ताले नेताहरु एकता नजिक पुगेको विश्लेषण सुरु भएको छ। यद्यपी नेता व्यवस्थापन र शब्द चयनका विषयमा भने अझेपनि ओली र प्रचण्डबीच ठोस सहमति हुन नसकेको स्रोतको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.