भद्रकाली पीठमा सेनाको अतिक्रमण

भद्रकाली पीठमा सेनाको अतिक्रमण

काठमाडौं : गुठी संस्थानको स्वामित्वमा रहेको भद्रकाली पीठ परिसरमा रहेको भवनमा वर्षौंदेखि सेना बस्दै आएको छ । गुठीको अनुमतिबिना लामो समयदेखि जबरजस्ती उक्त भवन सेनाले प्रयोग गर्दै आएको छ । शक्ति र पहुँचको आधारमा गुठीको भवन वर्षौंदेखि सेनाले कब्जा गरेको गुठी संस्थानले जनाएको छ ।

हाल सेनाको सैनिक अभिलेखालयको कर्मचारी भद्रकाली मन्दिरको उक्त भवनमा बस्दै आएका छन् । ‘द्वन्द्वकालमा पायोनियर गण र त्यसपछि राष्ट्रिय सेवा दललाई त्यहाँ राखिएको थियो, अहिले सैनिक अभिलेखालयका कर्मचारी बस्दै आएका छन्’, गुठी संस्थानको केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीका प्रमुख राजेन्द्र दाहालले बताए । जीर्ण भवनमा जोखिमपूर्ण रूपमा सैनिक जवानहरू त्यहाँ बसिरहेका छन् । साविक काठमाडौं महानगरपालिका ११ स्थित किता नं १८३ मा रहेको आठ रोपनी २ आना २ पैसा १ दाम जग्गामा भद्रकाली पीठ रहेको छ ।

दाहालले सेनालाई गुठीको भवनबाट छोडाउन धेरै पहल गरिएको बताए । ‘न त अनुमति नै लिएको छ न त घरको भाडा नै दिन्छन्’, दाहालले भने । उनले यसबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सेनालाई सार्ने काम नगरिएको बताए । सेना बसिरहेका कारण भवनको मर्मतसम्भार गर्नसमेत समस्या भइरहेको उनले बताए । पीठमा तीन वटा दुईतले भवन छन् । एउटा वर्षौंदेखि सेनाको कब्जामा छ । दुईवटा भवन गुठी संस्थानले प्रयोग गरिरहेको छ । सेनाको उपस्थिति पीठमा रहँदा भद्रकालीमा पूजा गर्न आउनेहरूसमेत तर्सने गर्छन् ।

'भद्रकाली अग्लो स्थानमा छ, त्यहाँबाट सबै ठाउँ देखिन्छ, कारण सुरक्षाका लागि सेना त्यहाँ बसेको छ’, उनले भने । सेनाका प्रवक्ता गोकुल भण्डारी

लिच्छवीकालको कलिगत संवत ३८२५ मा गुणकामदेवले नीलपीठबाट भद्रकाली पीठको स्थापना गरेको उल्लेख छ । पहिले भद्रकाली श्मसानघाट थियो । सिंहदबार बनेपछि श्मसानघाट टेकुको पचलीघाटमा सारिएको दाहालले जानकारी दिए । सेनाका प्रवक्ता गोकुल भण्डारीले सदियौंदेखि भद्रकालीमा सेना बस्दै आएको बताए । उनले सेना त्यहाँ बसेको कुरा गुठी र पुरातत्व विभाग दुवैलाई जानकारी भएको बताए । ‘हामी सदियौंदेखि त्यहाँ बसिरहेका छौं’, हामी गुठी र पुरातत्वलाई जानकारी गराएर त्यहाँ बस्दै आएका छौं ।’ प्रवक्ता भण्डारीले सुरक्षाका लागि नै त्यहाँ सेना बसेको बताए ।

‘भद्रकाली अग्लो स्थानमा छ, त्यहाँबाट सबै ठाउँ देखिन्छ, त्यही भएर पनि सुरक्षाका लागि सेना त्यहाँ बसिरहेको छ’, उनले भने । भण्डारीले गुठीभन्दा पहिलेदेखि नै त्यहाँ सेना बहिरहेको बताए । गुठीले भने सेना पीठमा बस्दा गुठीमा सुरक्षाभन्दा त्रास बढी रहेको बताउने गरेको छ । भण्डारीले घरभाडाको विषयमा कुरा नभएको बताए, ‘हामी सदियौंदेखि सुरक्षाका लागि त्यहाँ बसिरहेका छौं, भाडाको त्यस्तो कुरा नै छैन, हामीले त्यसको संरक्षण र मर्मतसम्भार भने गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.