ओली–दाहाल : वृहत् कार्यगत एकताको गृहकार्यमा

ओली–दाहाल : वृहत् कार्यगत एकताको गृहकार्यमा

 काठमाडौं : वाम गठबन्धनबाहिर रहेका संघीय समाजवादी फोरम र नयाँ शक्तिसँग एमाले–माओवादीले बृहत् कार्यगत एकताका लागि छलफल थालेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसँग केही सातायता छुट्टाछुट्टै छलफल गरी बृहत् कार्यगत एकताका विषयमा छलफल चलाएका हुन् ।

ओली–दाहाल दुवैले यादव र डा.भट्टराईसँग एकताकै प्रक्रियामा सहभागी गराउँदै लैजान तत्काललाई बृहत् कार्यगत एकताको छलफल गर्ने समझदारीअनुसार नै छलफल भएको हो ।

शीर्ष नेताबीच केही सातायता पटक–पटक छलफल भइरहेको नयाँ शक्ति पार्टीका नेता गंगानारायण श्रेष्ठले खुलाए ।

बिहीबार पनि नेताहरूबीच छलफल भएको थियो । ‘चार दलका शीर्ष नेताबीच परिवर्तनका एजेन्डाका आधारमा कार्यगत एकता गर्ने गरी अनौपचारिक वार्ता भइरहेको छ’, नयाँ शक्तिका नेता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘बिहीबार मात्रै पनि दुई पार्टीका नेताहरूबीच भेट भएको छ ।’

शीर्ष नेताबीच भइरहेका अनौपचारिक संवादका विवरण डा.भट्टराईले नयाँ शक्ति पार्टीमा शुक्रबार बिफ्रिङ गर्नेछन् ।

शुक्रबार नयाँ शक्तिले पार्टी सचिवालय बैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि बुधबार केन्द्रीय नेताको अनौपचारिक बैठकमा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग बृहत् कार्यगत एकताका विषयमा छलफल भइरहेको बताएका थिए ।

‘उपेन्द्रजी सरकारमै पनि आउनुहुन्छ, भट्टराईजी अलमलमा जस्तो देखिनुहुन्छ, तर कार्यगत एकतामै आउनुपर्छ भन्नेमा देखिनुभएकोछ’, दाहालले बुधबार भनेका थिए, ‘उहाँहरू (उपेन्द्र र बाबुरामजी) लाई बृहत् कार्यगत एकतामा ल्याउन केही दिनयता ओलीजी र म दुवै छलफलमा छौं ।’

संघीय समाजवादीका वरिष्ठ नेता अशोक राईले पनि नेताहरूका बीचमा भेटघाट र छलफल हुने गरेको विषय अस्वाभाविक नभएको बताउँछन् । ‘नेताहरूबीच भेटघाट हुन्छ, हुनुपर्छ’, राईले भने, ‘यो नयाँ र अस्वाभाविक विषय होइन । एमाले र माओवादीसँग कुनै प्रकारको एलायन्स हुनका लागि उनीहरूले मधेसका मुद्दामा लिखित सहमति जनाउनुपर्छ ।’

डा.भट्टराईसँग कार्यगत एकतामा अझै आशंका रहे पनि यादव सरकारमा आउने कुरामा भने दाहाल ढुक्क छन् । समाजवादी फोमरका अध्यक्ष यादवले पनि आफ्नो पार्टीको जारी केन्द्रीय समितिको बैठकमा वर्तमान सरकारमा सहभागी हुने विषयमा आफूहरू तयार रहेको बताएका छन् ।

‘एमाले संविधान संशोधन एजेन्डामा लिखित सम्झौता गर्न अनिच्छुक देखिएको छ’, यादवको भनाइ उद्धृृत गर्दै फोरमका एक नेताले भने, ‘संविधान संशोधनबिना सरकारमा सहभागिता हुने कुरा करिबकरिब अहिलेलार्ई टुंगिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.