आफ्नै घर काल बन्ने डर

आफ्नै घर काल बन्ने डर

बेंसीसहर : दोर्दी गाउँपालिका फलेनी लप्सीबोटकी कौरीमाया गुुरुङ ढल्नै लागेको घरलाई त्रिपालले छोपेर बसिरहेकी छन् । हेर्दै डर लाग्ने त्यही घरमा उनको परिवारले जोखिम मोलेरै ३ हिउँद–बर्खा कटाइसकेको छ । बिहान–बेलुुका घरमै पकाएर खाए पनि सुुत्न छिमेकको घरमा धाउनुुपर्ने बाध्यता हटेको छैन । ‘दिनमा घर आए पनि राति सुुत्न डर लाग्छ’, कौरीमाया भन्छिन्, ‘कहिलेसम्म छिमेकीकोमा सुुत्नपर्ने हो थाहा छैन ।’

दूधपोखरीकी विमाया गुुरुङको समस्या पनि त्यस्तै छ । ‘भूकम्पले घर चिराचिरा परेको छ’, गुुरुङले भनिन्, ‘घर छैन भनौं भने छ, छ भनौं यस्तो घरमा कसरी जीवन काट्ने ।’ भूकम्प गएको ३ वर्षसम्म पनि पुुनर्निर्माणले गति नलिँदा घर मर्मत गर्न नसकेको उनको दुुखेसो छ । भूकम्पको केन्द्र गोरखाको सिमाना जोडिएको पूर्वीलमजुुङको दूधपोखरी, इलमपोखरी र बिचौर गाउँका सबैजसो भत्किएका छन् । अलिअलि बचेका घर सानो हावाहुुरीले पनि ढाल्ने अवस्थामा छन् । ‘घर हेर्दा उभिएको छ, बसौं भने यही घर काल बन्छ कि भन्ने डर छ’, मस्र्याङदी–९ कि सुुनमती मिजारले भनिन्, ‘हाम्रो त मर्मत गर्नेमा पनि परेको छैन । कसरी बनाउने खै !’

मस्र्याङ्दी–९ का सुुदीप अधिकारी भूकम्पपीडितको तथ्यांक संकलन र अनुुदान वितरणमा अनियमितता गरिएको बताउँछन् । ‘हाम्रो गाउँमा भूकम्पबाट सबभन्दा बढी क्षति हुुने घर हाम्रै हो । भूकम्पले घर भत्किँदा टीभी, दराजलगायत घरायसी सामग्री फुुटे’, अधिकारीले भने, ‘तर, मेरै घर लाभग्राही सूचीमा परेन । माटो पनि नझरेको घर पूर्ण क्षतिमा परेका छन् । अनुुदान ल्याएर घर बनाउन सकेका छैनन् ।’

निजी आवास पुुनर्निर्माणको तथ्यांक हेर्दै आएका जिल्ला समन्वय समितिका फोकल पर्सन शिव रेग्मीका अनुुसार जिल्लामा लाभग्राहीको संख्या १३ हजार ९ सय ५९ छ । १३ हजार १ सय ७६ जनाले अनुुदान सम्झौता गरिसकेका छन् । १३ हजार १ सय १ जनाले पहिलो र १ हजार ५९ जनाले दोस्रो किस्ता लगेका छन् । भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुुदान नपाएको भन्दै जिल्लामा गुुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ छ ।

०७३ पुुसमा निजी आवास पुुनर्निर्माण गर्न राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकले सर्भे थालेका थिए । ०७३ चैत २८ देखि अनुुदान सम्झौता थालिएको थियो । ०७४ पुुस १ देखि निजी आवास निर्माण थालिएको थियो । स्थानीयले स्वस्फूर्त १ हजार घर पुुनर्निर्माण गरिसकेका छन् । यसलाई प्राविधिकले हेरिसकेका छैनन् ।

राष्ट्रिय पुुनिर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय लमजुुङका निमित्त प्रमुुख केशव दाहालका अनुुसार लमजुुङमा इन्टरनेसनल नेपाल फेलोसिप नामक संस्थाले २७ घर बनाउने भएको छ । दोर्दी गाउँपालिकामा दलित, गरिब, असहाय, वृद्धवृद्धाका घर बनाएर असारसम्म हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको दाहालले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.