पर्यटन केन्द्रित बजेट

पर्यटन केन्द्रित बजेट

पोखरा : प्रदेश ४ को सरकारले यो आर्थिक वर्षको बाँकी अवधिका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुुरुङले प्रदेशसभामा पर्यटनलाई महत्वव दिइएको बजेट प्रस्तुुत गरे । बजेटले पर्यटन, कृषि र ऊर्जा र पूर्वाधारलाई महत्व दिएको छ ।

नेपाल सरकारले वित्तीय समानीकरण अनुुदानअन्तर्गत यसअघि नै पठाएको १ अर्ब २ करोड ५ लाख रुपैयाँलाई स्रोत मानेर प्रदेश सरकारले बजेट ल्याएको हो । राजस्वका कुुनै स्रोत नभएको हुुँदा बजेटको सिंगो स्रोत त्यही अनुुदान भएको छ । ५३ प्रतिशत बजेट पुुँजीगत खर्चका लागि छुुट्याइएको छ भने बाँकी चालुु खर्चका लागि छ । ५४ करोड १ लाख २५ हजार र चालुुतर्फ ४८ करोड ३ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटले प्रदेशका ३ सय गाउँलाई नमुुना पर्यटकीय गाउँ बनाउने लक्ष्य राखेको छ ।

प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, गरिबी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुुलनसहितको प्रादेशिक विकास गर्ने ५ वटा उद्देश्य बजेटले राखेको आर्थिक मामिलामन्त्री किरण गुुरुङले बताए । ‘पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माणलाई प्राथमिकताका रूपमा लिइएको छ’, उनले भने ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी देश पर्यटन वर्ष र २०२२ लाई पोखरा पर्यटन वर्ष मनाउने गरी बजेट विनियोजन गरिएको छ । ‘ढोरपाटन, मनाङ, चुुमनुुब्री उपत्यका, कपुुचे ताल र देवचुुली—वरचुुली महाभारत शृंखलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुुरुयोजना निर्माणको व्यवस्था मिलाएको छुु’, मन्त्री गुुरुङले बजेट वक्तव्यमा भने ।

ऊर्जातर्फ उज्यालो प्रदेश अभियानलाई सार्थक बनाउन स्थानीय तह, विद्युुत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी अबको २ वर्षभित्र बिजुुली बत्ती नपुुगेको क्षेत्रमा विद्युुतीकरण गर्न १ करोड रुपैयाँ बजेटले प्रस्ताव गरेको छ । प्रत्येक गाउँपालिकामा मुुख्यमन्त्री वातावरणमैत्री नमुुना कृषि गाउँ स्थापना गर्न कार्यविधि निर्माण गर्ने व्यवस्था मिलाइने मन्त्री गुुरुङले सुुनाए । ‘प्रत्येक स्थानीय तहमा १ शीतभण्डार स्थापना गर्न कार्यविधि तर्जुुमा गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने ।

संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका एक निर्वाचन क्षेत्र १ औद्योगिक ग्रामको स्थापना गर्न सम्भावना अध्ययन गरी १ करोड रुपैयाँ बजेट विनियोजना गरिएको छ । ‘कालीगण्डकी र मस्र्याङ्दी करिडोरमा नेपाल सरकारसँगको समन्वयमा आर्थिक करिडोर र विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छुु’, मन्त्री गुुरुङले भने ।

आधुुनिक र कलात्मक सहिद पार्क, बहुुसांस्कृतिक ग्राम, ११ ठाउँमा केबलकार, फेवातालदेखि बेगानाताल र रुपाताल जोड्ने मोनोरेललगायत सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजना भएको छ । बजेट प्रस्तुुत गरिसकेपछि मन्त्री गुुरुङले अहिलेको बजेट आगामी वर्षका बजेटका लागि जग भएको सुुनाए । उनले राजस्वको स्रोतसमेत नभएको हुुँदा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको बताए ।

मुुटुु, मिर्गाैला र कलेजो उपचारका लागि विशिष्टीकृत अस्पताल निर्माण गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने र अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान निर्माण गर्नेलगायत विषयको सम्भाव्यताका लागि बजेट छुुट्टिएको छ । सरकारले ३ उद्देश्य ३ कोषको अवधारणा पनि ल्याएको छ । प्रदेश विपद् व्यवस्थापनको कोष स्थापना गरी १ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुुरुङले जानकारी दिए । आकस्मिक कोष स्थापना गरी रकम जम्मा गर्न १ करोड रुपैयाँ व्यवस्था गरिएको उनले सुुनाए । युुवा लक्षित चुुनौती कोष स्थापना गर्न १ करोड रुपैयाँ बजेट विनियोजना भएको छ ।

 

 

प्रदेशसभामा प्रदेश ४ को बजेट प्रस्तुुत गर्दै अर्थमन्त्री किरण गुुरुङ ।

कृष्णमणि बराल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.