पोखराबाट चारजना व्यवसायी पक्राउ
पाोखरा : सार्वजनिक सवारी साधन बन्द गराउने पोखराका चारजना यातायात व्यवसायी पक्राउ परेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन लगत्तै प्रहरीले पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको हो ।
पक्राउ परेका व्यवसायी क्रमश पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध छन्। सार्वजनिक सवारी साधन बन्द गरेर सर्वसाधारणलाई सास्ती दिने बस समितिको सम्पत्ति छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तारानाथ अधिकारीले जानकारी दिए ।
गृहमन्त्रीको निर्देशन लगत्तै पोखराका यातायात व्यवसायी भागेका थिए । प्रहरीले अन्य व्यवसायीको समेत खोजी भइरहेको बताएको छ ।