कांग्रेस पदाधिकारी मनोनयन : उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत

कांग्रेस पदाधिकारी  मनोनयन :  उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत

काठमाडौं  ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी  मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई  मनोनयन गरेका हुन् ।

शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई  अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

बैठकमा उपस्थित पौडेलपक्षधर  केन्द्रीय प्रकाशमान सिंह  र महेश आचार्यले विधान विपरित  भएको भन्दै पदाधिकारी  मनोनयन असहमति जनाएका छन् ।  कांग्रेस नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित भएनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.