व्यवसायीको बन्दमा पनि सडकभरी गाडी (फोटो फिचर)

व्यवसायीको बन्दमा पनि सडकभरी गाडी (फोटो फिचर)

तस्बिर : विकास कार्की/प्रकाश आस्था 

काठमाडौं : यातायात व्यवसायीले सरकारले गरेको सिन्डिकेट खारेजीको निर्णयविरुद्ध शुक्रबार बन्दको घोषणा गरे पनि सडकमा सवारीको चाप उस्तै देखियो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको संयोजनमा सवारी साधान ठप्प  पार्ने घोषणा गरे पनि राजधानीका सडकमा सवारीको चाप उत्तिकै थियो । बिहान सिन्डिकेट समर्थक यातायातका साधन सञ्चालन नभए पनि शुक्रबार दिउँसोपछि सबै सवारी साधन सञ्चालनमा देखिए । 

केही समितिका गाडी नचले पनि निजी र अन्य सवारीका कारण राजधानीको सडकमा जाम समेत देखियो । ट्राफिक प्रहरी प्रमुख एसससपी उमेश चित्रकारका अनुसार मोटरसाइकल र प्राइभेट गाडी एकैचोटी सडकमा निस्केका कारण ट्राफिक जाम भएको हो । समितिका गाडीहरु नचले पनि कम्पनी गाडीहरु दिनभर चलेका थिए । 

दिउँसोपछि भने सिन्डिकेट समर्थक व्यवसायीले समेत गाडी चलाएका छन् । थप तस्बिरमा हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.