रुकुममा निर्वाध रुपमा निजी सवारी साधन सञ्चालन
रुकुम : रूकुममा रहेको सिस्ने हिमाल बस तथा मिनिबस यातायात समिति बाहेक अन्य सबै सवारी साधन शुक्रबार निर्वाध रुपमा सञ्चालनमा आएका छन् । यातायात व्यवसायीले बन्दको घोषणा गरेपनि रूकुमबाट काठमाडौंका लागि रातिबस छुटेको छ ।
सार्वजनिक सवारी साधन बन्द गर्ने रूकुममा यातायात व्यवसायीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । रूकुममा यातायात बन्द गर्ने व्यवसायी भागेको प्रहरीले बताएको छ ।
नेपालगन्ज, दाङ र काठमाडौंका साथै स्थानीय रूटमा पनि निजी कम्पनीका सवारी साधन दिनभरी चलेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिए । रूकुममा सिस्ने यातायात बाहेक रूकुम यातायात प्रालि र सानीभेरी सेवा प्रालिले विभिन्न ठाउँमा सेवा दिँदै आएका छन् ।