आईपीएल: मुम्बईले पञ्जाबलार्इ ६ विकेटले हरायो
एजेन्सी: होल्कर क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभन पञ्जाबलार्इ ६ विकेटले पराजित गरेको छ। यस जीतका साथ मुम्बईले प्लेअफमा पुग्ने सम्भावनलार्इ जीवितै राखेको छ ।
अब उसले यसपछिका ५ खेलमा जित निकाल्यो भने प्ले अफ पक्का गर्नेछ । मुम्बई अहिले ६ अंकका साथ अंक तालिकामा पाँच नम्बरमा पुगेको छ।
१७५ रनको लक्ष्य रोहित शर्माको टीमले १९ ओभरमा हासिल गर्यो । सूर्यकुमार यादवले ५७ रन बनाएपछि म्यान अफ द म्याच अवार्ड दिइयो ।
यसभन्दा अघि टस हारेर पहिले ब्याटिङमा उत्रेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । क्रिस गेलले ५० रनको पारी खेले ।
पञ्जाबका लागि क्रिस गेल र केएल राहुलले टीमलार्इ गतिलो सुरूवात दिए । दुवैले ६.४ ओभरमै ५४ रन जोडे। राहुल २४ रनमा आउट भए। त्यसपछि युवराज सिंह १४ रन बनाएर रनआउट भए। करुण नायरले २३ रन बनाए। मार्कस स्टोइनिसले अन्तिम ओभरमा १५ बलमा २९ रन बनाए ।