रुकुमममा विप्लवको बन्दको प्रभाव
मुसीकोट : राज्यले बिभिन्न आरोपमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)द्धारा आह्वान गरिएको नेपाल बन्दको रुकुम पश्चिम र पुर्वका मुख्य बजार क्षेत्र तथा यातायात, कलकारखानाका साथै औद्योगिक क्षेत्रमा समेत प्रभाव परेको छ ।
रुकुम पश्चिमको मुसीकोट र रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा रहेका मुख्य बजार बन्द रहेका छन् भने यहाँबाट छुट्ने कुनै पनि छोटो र लामो दुरीका यातायतका साधनहरु पनि चलेका छैनन् । ठाउँठाउँमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।
अहिलेसम्म सडकमा बन्दकर्ता भने देखिएका छैनन् । हिजो यातायात व्यवसायीले गरेको यातायात बन्द र रुकुम उद्योग बाणिज्य संघले गरेको मुसीकोटको खलंगा बजार बन्दका कारण स्थानिय सेवाग्रहीहरु दुई दिनदेखी मारमा परेका छन् । साथै बिभिन्न ठाउँमा जाने यायुहरु पनि बाटोमै रोकिनु परेकोले उनिहरुले पनि सास्ती खेप्नु परेको छ ।