डुुबान क्षेत्रमा चैतेधान
धनगढी : कैलाली र कञ्चनपुुरका किसान चैतेधानमा आकर्षित हुन थालेका छन् । वर्षायाममा यी जिल्लाका डुुबान हुुने क्षेत्रमा किसानहरू चैतेधान रोप्ने गरेका हुन् । सरकारले बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैतेधान खेतीमा सहयोग गरेपछि धेरै किसानहरूको आकर्षण बढेको हो ।
यस वर्ष जिल्लाभर चार सयदेखि पाँच हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘कार्यक्रम लागू भएपछि चैतेधान खेतीमा आकर्षण बढेको छ’, कृषि विकास कार्यालय कैलालीका अधिकृत यज्ञराज जोशीले भने ।
बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत प्रतिहेक्टर पाँच हजार रुपैयाँ अनुुदान दिने कार्यक्रम छ । सबैभन्दा बढी कैलालीको भजनी, टीकापुुर र मुुनुुवा क्षेत्रमा चैतेधान खेती गर्ने गरेको छ । ती क्षेत्रमा दुई सय हेक्टर क्षेत्रफलमा चैतेधानको खेती गरिएको अधिकृत जोशीले बताए ।
चैतेधान चैतमा रोपेर असारमा काटिने धान हो । कृषि विज्ञका अनुुसार २० दिनमा यस धानको बीउ तयार हुुन्छ । गहुुँ काटेर खेत बाँझो राख्नुुभन्दा त्यसमा चैतेधान लगाएर लाभ लिन कृषि विज्ञको सुुझाव छ । जमिन दलदल भएको क्षेत्रमा पनि चैतेधान खेती गर्न सकिन्छ । ‘भजनी डुुबान क्षेत्र भएकाले चैतेधानको विकल्प छैन’, भजनी नगरपालिका–७ का हेम्मतपुुरका किसान दयाराम चौधरीले भने, ‘त्यसैले पनि मैले चैतेधान लगाएको हो ।’ उनले एक बिघा क्षेत्रमा ३÷४ वर्षदेखि चैतेधान खेती गर्दै आएको बताए । वर्षायामको धानभन्दा चैतेधान उत्पादन पनि बढी हुुने गरेको किसान दयारामको भनाइ छ ।
कैलालीमा समूह र व्यक्ति गरी दुुई सय ४० जना किसान चैतेधान खेतीमा संलग्न रहेका छन् । चैतेधानखेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि यसबारे तालिमका साथै प्रचारप्रसारलगायत कार्यक्रम गरिएको छ ।
चैतेधान खेतीको राम्रो सम्भावना भए पनि उल्लेख्य रूपमा किसानले चैतेधानको खेती नगरेको स्वयं किसानको भनाइ छ । उनले सिँचाइ सुुविधा विस्तार गर्न सके चैतेधान खेतीको क्षेत्र विस्तार हुुने र यसले जिल्लाको समग्र उत्पादन बढ्ने उल्लेख गरे ।
चैतेधान लगाएको क्षेत्रमा वर्षेधान पनि लगाउन मिल्छ । चैतेधान एक सय ५० दिनमै पाक्ने भएकाले चैतेधान काटेर वर्षे धान रोप्न सकिने कृषि विकास कार्यालयको भनाइ छ । तीन बाली लगाउन सकिने भएकाले यसबाट कृषकले राम्रो फाइदा लिनसक्ने बताइएको छ ।
चैतेधान प्रतिहेक्टरमा दुुईदेखि तीन मेट्रिकटन उत्पादन हुुने गरेको कृषि विकास कार्यालयको तथ्यांक छ । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुुरको तथ्यांक अनुुसार जिल्लामा चार सय हेक्टर बराबर जमिनमा चैतेधान खेती गरिँदै आएको छ । कञ्चनपुुरमा बेल्डाँडी क्षेत्रमा चैतेधान खेती बढी गर्ने गरेको छ । चैतेधानमा विभिन्न संघसंस्थाले पनि अनुुदान दिइरहेका छन् । सरकारले तेस्रो मुुलुुकबाट चामल आयात रोक्न चैतेधानप्रति आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कृषि मन्त्रालयका अनुुसार वार्षिक ३० अर्बभन्दा बढी चामल आयात हुुने गरेको तथ्यांक छ । तराई क्षेत्रमा चैतेधानप्रति किसानको आकर्षण बढेको छ । वर्षायामको धानभन्दा चैतेधान रोप्दा सजिलो हुुने भएकाले चैतेधान रोप्ने गरेको कञ्चनपुुर बेल्डाँडीका किसान जगत धामीले बताए । ‘डुुबान क्षेत्रमा चैतेधानको विकल्प छैन । उत्पादन बढी हुुने गरेको छ’, उनले भने, ‘चैतेधानको उत्पादन सुुरु गरेको हो ।’ चैतेधानप्रति किसानलाई आकर्षण गर्न हरेक वर्ष अनुुदानका कार्यक्रम ल्याउने गरेको छ । सिँचाइ सुुविधा नभएपछि किसानले चैतेधान चाहेर पनि लगाउन नसकिएको किसानको गुुनासो छ ।
तस्वीर ः धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रोपिएको चैते धान ः कैलाश जोशी