उपभोक्त समितिमा विवाद हुँदा एकको मृत्यु

उपभोक्त समितिमा विवाद हुँदा एकको मृत्यु

गौशाल : औरही नगरपालिका–६ को उपभोक्ता समिति गठनमा भएको विवादले उग्र रुप लिएपछि एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतका अनुसार स्थानीय ५९ वर्षीय लालु दासको मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा सो ठाउँका ६० वर्षीय शिवशंकर दास र ३५ वर्षीय इन्द्रजित दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मृतकको पोष्टमार्टम गरिएको छ । घटनाको अनुसन्धान थालिएको एसपी कडायतले जानकारी दिए । ‘बाटो बनाउने बिषयमा शुक्रबार राति ९ बजेतिर बैठक बसेकोे थियो’, एसपी कडायतले भने,‘एक अर्काबीच हात हालाहाल भयो । भागाभाग हुँदा लालु खसेका थिए, पछि उनको मृत्यु भयो ।’ 

आर्थिक बर्ष २०७४–०७५ को विकास बजेटबाट औरही नगरपालिकाकी उपमेयर रेणु झाको पहलमा बैरीयामा सडक निर्माणको लागि ६ लाख रकम विनियोजित भएको वडा ६ का वडा अध्यक्ष नरेश यादवले जानकारी दिए । ‘लडाई भएको मैले सुनेको छु । कसले कुट्यो, मा¥यो मलाई थाहा छैन’, वडा अध्यक्ष यादवले भने,‘उप–मेयरले म आफैले उपभोक्ता समिति गठन गर्छु भनेपछि हामीले छाँडिदियो ।’  राति बैठक गर्नु गलत भएको उनको भनाइ छ ।

उता औरही नगरपालिकाकी उप–मेयर रेणु झाका सहयोगीलेले भने उपभोक्ता समित गठन गर्न बैठक नबसेको दाबी गरेका छन् । ‘राति उपभोक्ता समिति गठन गर्न कुनै बैठक बसेको थिएन,’ उनले भने,‘घटना दुःख छ । यसको छानबिन हुनुपर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.