हामी पुँजीवाद मान्दनौं ः प्रधानमन्त्री

हामी पुँजीवाद मान्दनौं ः प्रधानमन्त्री

माक्र्सवादलाई धर्मशास्त्रझैं जप्न नहुने बाबुरामकाे भनाइ


काठमाडौं :  प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान समाजवादउन्मुख भएको उल्लेख गर्दै कम्युनिस्टहरूले पँुजीवाद नमान्ने तर पँुजीको विकास गरी समाजवादी क्रान्ति गर्ने बताएका छन् । एमाले स्थायी समितिद्वारा कार्ल माक्र्सको द्विशतवार्षिकीका अवसरमा राजधानीमा शनिबार आयोजित समारोहमा उनले भने, ‘वर्तमान सरकारको उद्देश्य माक्र्सवादमार्फत नेपालको संविधानलाई समाजवादउन्मुख गराउनु हो ।’

‘अबका दिनमा सानातिना कुरामा नअल्झी नेपाललाई वास्तविक रूपमा जनताको देश बनाउनेतर्फ लाग्नुपर्छ । त्यो महान् जिम्मेवारी पूरा गर्दै मुलुकको निर्माणका लागि सबै एकजुट भई अघि बढ्नुको विकल्प छैन,’ ओलीले भने, ‘पँुजीवादी क्रान्ति कम्युनिस्टले गर्दैनन् । हामी पँुजीवादी होइनौं, पँुजीवाद मान्दैनौं । तर, हामी पँुजीको विकास गरी समाजवादतर्फ अघि बढ्छौं, समाजवादी क्रान्ति गर्छाैं ।’ नेपाली कांग्रेस पार्टी ‘सोसलिस्ट इन्टरनेसनल’ नामक अन्तर्राष्ट्रिय संस्थाको सदस्य भए पनि उसले समाजवाद नबुझेको भन्दै प्रधानमन्त्रीले दुःखसमेत व्यक्त गरे ।

‘कोही सोसलिस्ट इन्टरनेसनलको सदस्य भए पनि समाजवादका लागि केही गर्दैनन् । सोसलिस्ट इन्टरनेसनलको सदस्यचाहिँ हुने तर त्यसको अर्थ नबुझ्ने !’ प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने । माक्र्सवादको आजको बाटो मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ रहेको भन्दै एमाले त्यही विचारले निर्देशित रहेको उनले बताए । ओलीले माओवादीसँगको एकीकरणमा आवश्यकताअनुसार लचक बन्दै प्राविधिक र साना विषयमा नअल्झेको बताए, ‘हामी एकीकरण प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन । साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

‘माक्र्सवादमा समायोजन गर्दै अघि बढ्ने’

यता, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले माक्र्सवादलाई धर्मशास्त्रका रूपमा जपेर मात्र समाज अघि नबढ्ने बताएका छन् । कार्ल माक्र्सको २०० औं जन्मजयन्तीका अवसरमा नयाँ शक्ति पार्टीले शनिबार राजधानीमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माक्र्सवादको दार्शनिक मान्यता अंगीकार गर्दै पछिल्ला ज्ञान र विज्ञानले ल्याएको नवीनतम विचार त्यसमा थप्दै मानव जाति अघि बढ्नुपर्ने उनको विचार थियो ।

‘मान्छेमा रहेको पशुवत गुण त्यागेर मानवीय गुण अँगाल्दै विज्ञानका पछिल्ला आविस्कारका राम्रा पक्ष लिएर अघि बढ्ने नै नयाँ शक्तिको दार्शनिक पक्ष हो,’ संयोजक भट्टराईले भने, ‘हामी माक्र्सवादी दर्शनमै टेकेर नयाँ समाजवादी मोडेल विकास गर्नेछौं । माक्र्सवादको पूजा होइन, यसको सिर्जनात्मक प्रयोग गर्नेछौं ।’ दर्शन, अर्थशास्त्र र समाजशास्त्रको अध्ययनमा माक्र्सले गरेको योगदानको चर्चा गर्दै माक्र्सले पँुजीवादी युगको कर्मकाण्डी खालको लोकतन्त्रको साटो उन्नत लोकतन्त्रको परिकल्पना गरेको भट्टराईले बताए । ‘आफूपूर्वका सबैखाले ज्ञान र विज्ञानका आविस्कार संश्लेषण गरी उनले नयाँ विचार दिएका थिए । २१औं शताब्दीमा त्यतिले मात्र पुग्दैन । त्यसैले पछिल्ला ज्ञान र विज्ञानका आविस्कार र नियम संश्लेषण गरी माक्र्सवादलाई अझ समृद्ध बनाउनुपर्छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.