मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा

काठमाडौं  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण क्रममा काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन हुने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार मोदीको नागरिक अभिनन्दन राजधानीमा काठमाडौं महानगरपालिकाले र धनुषामा जनकपुर उपमहानगरपालिकाले गर्ने भएका छन् ।

मोदीले नेपाल भ्रमण क्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्ने बताइएको छ । भ्रमणमा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी शुक्रबार नै विज्ञप्तिमार्फत दिएको छ । मोदीको भ्रमणमा रामायण सर्किट परियोजना सुरु गर्ने बताइए पनि दुवै देशका परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यसबारे केही पनि उल्लेख गरिएको छैन । भ्रमणमा मोदी जनकपुर र काठमाडौंसहित मुक्तिनाथ पनि जाने छन् ।

गत वर्षको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन विजयी भएसँगै मोदीले नेपाल भ्रमण गर्ने र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने चर्चा चलिरहेको थियो । यसैबीच नेपालका लागि चीनका राजदूत यू होङले गत माघ १८ गते जनकपुरधाममा बाढीपहिरो पीडितलाई राहत वितरण गरेकी थिइन् । राजदूत होङ जनकपुरधाम भ्रमण गर्ने पहिलो चिनियाँ राजदूत हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.