रुकुम महोत्सवको तयारी अन्तिम चरणमा

रुकुम महोत्सवको तयारी अन्तिम चरणमा

रुकुम (पश्चिम) : अगामी बैशाख २७ देखि जेठ ७ गतेसम्म रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा अयोजना हुन लागेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव स्थलमा स्टल निर्माणदेखि, मञ्च सजावट अतिथि आमन्त्रण तथा अन्य कार्यक्रम तय गर्नेलगायतका सम्पूर्ण काम अन्तिम चराणमा पुगेको आयोजकले जानकारी दिएको छ। 

हाल महोत्सव मुल समारोह समिति महोत्सवको प्रचार–प्रसारमा केन्द्रीत भएको छ। महोत्सव अवधिभर ६० हजार दर्शक भित्र्याउने तयारीका साथ प्रचार प्रसारलाई घनिभूत बनाइएको मुल आयोजक समितिका अध्यक्ष केशव रावलले बताए।अध्यक्ष रावलका अनुसार जिल्लाभित्र, छिमेकी जिल्ला र अन्य जिल्लामा पनि प्रचार प्रसार जारी छ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन गरी विकासमा टेवा पुर्‍याउनुका साथै जिल्लाको मौलिक कला संस्कृती भेषभुषा, नाचगानको प्रचार प्रसारको उद्देश्य पनि राखिएको छ। 'रुकुम पूर्व र पश्चिमको चिनारी प्रस्तुतत गरिने छ।' अध्यक्ष रावलले भने, 'हामीले जति सक्यो रुकुमको स्थानीय उत्पादनको प्रर्दशन र बिक्री गर्ने उद्देश्य राखेका छौं। महोत्सव स्थलमा सबै किसिमका गरी एक सयवटा स्टल तयार भैसकेका छन्।' महोत्सव राखिएका स्टलबाट स्वास्थ्य, शिक्षा, पर्यटनसँग सम्बन्धितदेखि कृषि, पशुचौपायलाई आवश्यक पर्ने सामग्रीसमेत पाइने आयोजकले बताएको छ।

रुकुम यातायात प्रा.ली., युवा संञ्जाल रुकुम र ग्राण्डी इन्टरनेसनल होलिडेज प्रा.ली.को संयुक्त आयोजनामा हुन लागेको महोत्सवको उद्घाटनका लागि वैशाख २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन आउने कार्यक्रम तय गरिएको छ। त्यसका साथै कर्णाली प्रदेशका मुख्य मन्त्री, जिल्लाका सांसद लगायतको पनि महोत्सव उद्घाटनमा सहभागिता रहने छ।

महोत्सव पश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्री निर्माण, पर्यटकीय पुस्तक चिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवा पुर्याउने उद्देश्य पनि महोत्सवले राखेको छ। 'प्राकृतिक सुन्दरता हाम्रो सान, कमल ताल र सिस्ने हाम्रो मान, साँस्कृतिक विविधता बीच एकता हाम्रो पहिचान।' भन्ने नारा तय गरिएको छ।

महोत्सवको अवधिमा एक लाख पुरस्कार राशिको खुला पुरुष भलिबल, ३० हजार पुरस्कार राशिको मयुर नाँच प्रतियोगिता, दश हजार पुरस्कार राशिको आमा समूह विशेष कला प्रर्दशनी, दश हजार पुरस्कार राशिको भूम्या नाँच कला प्रर्दशनी, दश हजार राशिको पैसेरु नाँच, दश हजार पुरस्कार राशिको सिंगारु नाँच, दश हजार पुरस्कार राशिको सोरठी नाँच र ३० हजार पुरस्कार राशिको रुकुम डान्स आइडल सञ्चालन हुनेछ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.