व्‍यवसायीलाई सरकारको शर्त: चार बुँदे कागजमा सही गर्नू, नगरेमा मुद्दा

व्‍यवसायीलाई सरकारको शर्त: चार बुँदे कागजमा सही गर्नू, नगरेमा मुद्दा

काठमाडौँ: सरकारले सिण्डिकेटको पक्षमा लागेर पक्राउ परेका करिब ९३ जना व्यवसायीलाई रिहा हुनका लागि चार बुँदे शर्त अघि सारेको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलले आइतार देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई कडा निर्देशन दिँदै चार बुँदे कागजमा सही गर्न तयार व्यवसायीलाई मात्रै रिहा गर्न भनेका हुन् ।

गृहमन्त्री थापाले प्रजिअलाई दिएको निर्देशन अनुसार सिन्डिकेट नमान्नेसहितका चारवटा बुँदासहितको कागजमा सही नगर्ने व्यवसायीमाथि प्रशासनले मुद्दा अघि बढाउने भएको छ। 

यस्तो छ शर्त 

गृहमन्त्रीले प्रजिअहरुलाई दिएको निर्देशनमा यातायात व्यवसायीलाई सरकाले अघि सारेका चार बुँदामा सहमति हुनै पर्ने भनिएको छ । 

जस अनुसार सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु भन्ने उल्लेख गरिएको कागजमा पक्राउ परेका व्यवसायीले हस्ताक्षर गर्नुपर्नेछ । यदि त्यो कागजमा हस्‍ताक्षर नगरेमा व्यवसायीहरुले कम्तिमा पनि ६ महिनाका लागि जेल जानुपर्नेछ । 

'यदि सरकारले तोकेका चार बुँदामा सहमति नजनाएमा उनीहरुलाई मुद्दा दर्ता गरी कारबाही अघि बढाउनु', गृहमन्त्रीको निर्देशन उधृत गर्दै गृहमन्त्रालय श्रोतले भन्यो । 

सरकारले शुक्रबार र शनिबार गरी दुई दिन राष्ट्रिय यातायात व्यवसायी महासं‌घका अध्यक्ष योगेन्द्र कर्मचार्य र महासचिव सरोज सिटौलासहित ९३ जना यातायात व्यवसायी र समितिका पदाधिकारीलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका उनीहरुविरुद्ध सरकारले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार मुद्दा चलाउने तयारी गरेको छ । यदि पक्राउ परेका व्यवसायीमाथि मुद्दा दर्ता भएमा एक वर्षसम्म जेल र एक हजार रुपैँया जरिवाना तिर्नुपर्ने प्रावधान छ।

यातायात व्यवसायीहरुले सिन्डिकेट खारेज गर्ने सरकारको निणर्यलाई अवज्ञा गर्दै शुक्रबार देशभर सार्वजनिक थन्क्याएका थिए । उनीहरुले वैशाख २७ देखि अनिश्चितकालीन हड्तालको घोषणा पनि गरिसकेका छन् । 

आवश्यक सेवा सञ्चालन ऐन अनुसार २०१४ मा बन्द हड्ताल गर्ने तथा गर्न सघाउनेहरुलाई एक वर्षसम्म कैद तथा एक हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ । 

यातायात व्यवस्था विभागले सिण्डिकेटको पक्षमा यातायात बन्द गर्ने केही सार्वजनिक यातायातको रुट परमिट पनि खारे्ज गरिसकेको छ । सरकार आक्रमक बनेपछि यातायात व्यवसायी संघले शुक्रबारै एक विज्ञप्ति निकाल्दै सवारी बन्दले परेको असरप्रति क्षमा मागेर आन्दोलन फिर्ता लिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.